आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

मलाई पार्टीले स्पष्टीकरण सोधेको छैन : झाँक्री

बिहिबार, असार १९ २०८२

काठमाडौं, १९ असार । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीले आफूलाई पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको कुरामा सत्यता नरहेको बताएकी छिन् ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले आफूले पार्टीका अध्यक्षविरुद्ध बोलेको भन्दै स्पष्टीकरण सोधिएको हल्ला निराधार रहेको बताइन् । अहिलेसम्म कुनै स्पष्टीकरण नसोधिएको र पार्टीका ठुलो केही नेताहरूले टेलिभिजनबाट स्पष्टीकरण सोधेको भनेर हल्ला फिँजाएको बताइन् ।

बुटवलमा पार्टीसम्बद्ध युवा सङ्गठनले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा झाँक्रीले ‘मरेको सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति दिएकी थिइन् । झाँक्रीको यस्तो अभिव्यक्ति आएपछि पार्टी महासचिव घनश्याम भुसालले जथाभाबी अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका थिए। स्पष्टीकरण सोधिएको भन्ने समाचार आएको तर आफूलाई नसोधिएको बारेमा पार्टीले गरेको निर्णय बुझ्न आफू नै सचिवालय बैठकमा नेताहरूसँग निवेदन लिएर आएको स्पष्ट पारिन् ।

उनले भनिन्, ‘केही शक्तिशाली पदाधिकारीहरूले मिडियामा स्पष्टीकरण सोध्नुभएको रहेछ । मलाई त सोधिएको छैन । टेलिभिजनमा स्पष्टीकरण सोधिन्छ, पार्टीबाट निकालिन्छ भन्ने सुनेको थिएँ, मैले बोलेको कन्टेनको हिसाबले, १५ गते यसबारे कुनै क्रिया, प्रतिक्रिया नदिनु भनेर निर्देशन पनि जारी गरेको थियो । त्यो निर्देशनपछि उहाँहरूलाई प्रोत्साहन गरेको जस्तो बोलिरहनुभएको छ । पार्टीलाई घाटा नहोस् भनेर सचिवालय बैठकमै दिन्छु त्यसका लागि बोलाउनुस् भनेर निवेदन दिन आएकी हुँ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार