मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

काठमाडौंको डल्लुमा जुवातास खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

शुक्रबार, असार १३ २०८२

काठमाडौं, १३ असार । काठमाडौं महानगरपालिका १५ डल्लु डेरा गरी बस्ने काभ्रे बेथानचोक गाउँपालिका ६ घर भएका २५ वर्षीय सुनिल कुमार तामाङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा सुनिल कुमार समेत पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४४ हजार ८५ रूपैयाँ र ३ बुक तास सहित बिहीबार पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार