काठमाडौं, १२ असार । यस वर्षको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ पर्यटन व्यवसायी आङ छिरिङ शेर्पालाई प्रदान गरिने भएको छ ।
बिहीवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मदन भण्डारी फाउण्डेशनले यसबारे जानकारी दिएको हो ।
फाउण्डेशनका सचिवालय सदस्य रामशरण प्याकुरेलका अनुसार ४७ वर्षीय शेर्पा ४७ वर्षदेखि वातावरण र जलवायु परिवर्तनको मुद्दामा सक्रिय छन् । पर्यटन व्यवसायी समेत रहेका शेर्पा सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका ४ खुम्जुङ्ग गाउँका बासिन्दा हुन् । शेर्पाले करिव १५ वर्षसम्म नेपाल पर्वतारोहण संघको नेतृत्व गरेका थिए ।
शेर्पालाई असार १४ गते जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा एक लाख रुपियाँ नगदसहित सम्मान गरिने बताइएको छ ।