आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सम्पादकीय : सांसदहरु, देशको स्वाभिमानविरुद्ध नबोल

सोमबार, असार ९ २०८२

प्रदेशसभा र प्रतिनिधिसभा (सदन) नागरिकका आवाज बोल्ने थलो हुन् । त्यहाँ जनताद्वारा निर्वाचित जनप्रतिनिधिहरुले जनातका समस्या, मर्का, माग, गुनासा र सरकारले गरिरहेका कामकारबाहीका बारेमा खुलेर बोल्ने गर्छन् । त्ससो त संसदमा कुनै पनि सांसदले अभिव्यक्त गरेको सन्देशलाई लिएर कसैले पनि मानहानी, वा पक्राउको मुद्धा दायर गर्न पाइँदैन । तर यसको मतलव सदनमा जे पनि बोल्न पाइन्छ, जे गर्न पनि पाइन्छ भन्ने होइन ।

कुनै पनि संसदले सदनमा बोल्दा आफ्नो पदीय गरिमा र मर्यालाई ख्याल राखेर बोल्नुपर्छ । राष्ट्रिय अखण्डा, धार्मिक सहिष्णुता लगायतका कुराहरुलाई पनि उत्तिकै मनन् गर्नुपर्छ । संविधानको दायरामा रही संसदीय मर्यादा र अभ्यास पालना गर्दै सदनमा सांसदहरु प्रस्तुत हुनुपर्छ । उनीहरुले सदनमा अभिव्यक्त गरेका सन्देश तथा भाषण त्यहाँ रेकर्ड भर्ई लाइब्रेरीमा इतिहासका लागि राख्ने प्रचलन पनि छ । यसले इतिहासको जगेर्ना पनि गर्छ । बिगतबाट पाठ सिक्दै आगामी दिनमा अगाडि बढ्न यसले मद्दत पुग्छ ।

सदनमा बेला बेलामा सांसदहरुका यस्ता हर्कत देखिन्छन् । कतिपय अवस्थामा सांसदहरुले कुर्सी भँच्ने, माइक तोडफोड गर्ने, आफूले लगाएका लुगा खोल्ने, सभामुखलाई जुत्ता प्रहार गर्ने, वेल घेराउ गर्ने, सदन बहिस्कार गर्ने लगायका कृयाकपापहरु पनि गर्ने गर्छन् । यस्ता कतिपय कृयाकलापहरु संसदीय मर्यादा विपरित भएको भन्दै सदनबाट क्यामेरामा कैद गरिएका दृष्यसमेत मेटाउने आदेश सभामुखबाट हुन्छ ।

तर सदनमा बेला बेलामा सांसदहरुले सनकपूर्ण अभिब्यक्त गरेका सन्देशहरु यति निम्नस्तरका, घृणायोग्य र तर्कहीन हुन्छन् कि ती सन्देशले देशको स्वाभिमानमा पनि आँच पुर्याउने खालका हुन्छन् । त्यस्ता अभिव्यक्तिहरु सदनको रेकर्डबाट पनि हटाउनुपर्ने खालका हुन्छन् । आइतबार (यही असार ८ गते) बसेको संघीय संसद (प्रतिनिधिसभा) को बैठकमा स्वतन्त्र सांसद अमेश कुमार सिंहले बोलेका केही शब्द रेकर्डबाटै हटाउनु पर्यो । सिंहले देशका पाँच वटा बाहेकका जिल्लालाई अरु देशलाई लिजमा दिऊँ भनेपछि हंगामा नै मच्चियो ।

उनले केही प्रभावशाली व्यक्तिहरुको क्षेत्र र जिल्लामा मात्रै बजेट राखिएको भन्दै देशको नाम नै तोकेर पाँच जिल्लालाई नेपालमा राखेर अन्य जिल्लालाई अमेरिका, भारत वा चीनलाई लिजमा दिनुपर्ने बताएपछि नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले नियम आपत्ति गराउँदै देशको स्वाभिमानविरुद्ध राखिएको अभिव्यक्ति हटाउन तत्काल माग गरे । बर्तौलाको भनाइलाई समर्थन गर्दै सत्ता पक्षका सांसदहरुले पनि ताली बजाएपछि सभामुख देवराज घिमिरेले विवादित अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिए । सांंसद सिंहलाई संयमित भएर बोल्न सभामुख घिमिरले अनुमति दिए पनि उनले एमालेको निर्देशनमा सभामुख चलेको भन्दै उल्टै आरोप लगाए । सांसद सिंहले यति भनेपछि सभामुख देवराज घिमिरेले उनलाई अब यस्तो नगर्न सचेत गराउँदै रोष्टम छाड्न आदेश नैं दिनुपरेको थियो ।

सदनमा बेला बेलामा सांसदहरुका यस्ता हर्कत देखिन्छन् । कतिपय अवस्थामा सांसदहरुले कुर्सी भँच्ने, माइक तोडफोड गर्ने, आफूले लगाएका लुगा खोल्ने, सभामुखलाई जुत्ता प्रहार गर्ने, वेल घेराउ गर्ने, सदन बहिस्कार गर्ने लगायका कृयाकपापहरु पनि गर्ने गर्छन् । यस्ता कतिपय कृयाकलापहरु संसदीय मर्यादा विपरित भएको भन्दै सदनबाट क्यामेरामा कैद गरिएका दृष्यसमेत मेटाउने आदेश सभामुखबाट हुन्छ ।

त्यसोतः संसद खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने थालो हो भन्ने भ्लादिमिर इलिच लेनिको भनाइ थियो । यो उक्ति उनले संसदवाद र पुँजीवादी लोकतन्त्रको आलोचना गर्न प्रयोग गरेका थिए । उनको भनाइको माध्यमबाट देखावटी लोकतन्त्र, जहाँ संसद जनताको प्रतिनिधित्व गर्ने देखिन्छ तर व्यवहारमा पुँजीपति वर्गको सेवा गरिरहेको हुन्छ भन्दै आलोचना गरेका थिए । यसै भनाइलाई मोदनाथ प्रश्रित, पुष्पलाल जस्ता नेपालका वामपन्थी नेताहरुले पनि दोहो¥याउँदै आएका थिए ।

अतः संसदमा प्रयोग गरिने शब्दले समग्र देश र जनता बोलेको हुनुपर्छ । त्यहाँ जनताको आवाज बुलन्द पारिनुपर्छ, न कि आफ्नो व्यक्तिगत इश्र्या, आवेग, उत्तेजना, वा कुण्ठा । हिजोआज प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका कारण, सूचनाको हकका कारण संसद बैठक भित्र सञ्चारकर्मीहरु पनि क्यामेराकासाथ उपस्थित हुन्छन् । उनीहरुले त्यहाँभित्रका गतिबिधिहरु प्रत्यक्ष प्रसारण (लाइभ) पनि गर्छन् । सांसदहरुदले सदनमा बोलेका गलत अर्थ लाग्ने शव्द तथा दृष्यहरु संसदको रेकर्डबाट हटाइए पनि ती मिडियाको माध्यमबाट जनताकाबीचमा तत्कालै पुुगसक्ने भएकाले सांंसदहरुले सदनमा प्रस्तुत हँदा मर्यादित र शोभनीय हुन जरुरी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार