आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

अमलेखगञ्जमा बाघको आक्रमणबाट एक जनाको ज्यान गयो

बुधबार, असार ४ २०८२

सिमरा, ४ असार । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ अमलेखगञ्जमा बाघको आक्रमणबाट एक जनाको ज्यान गएको छ।

बाघको आक्रमणबाट मृत्यु हुनेमा जीतपुरसिमरा २१ का ५० वर्षीय चन्द्रबहादुर ब्लोन रहेका छन्। ब्लोनको शव दक्षिणकाली सामुदायिक वन क्षेत्रको जंगलमा बुधबार बिहान क्षतविक्षत अवस्थामा फेला परेको बारा प्रहरीले जनाएको छ। ब्लोन मंगलबार दिउँसो बाख्रा चराउन जंगल गएका थिए।

जंगलबाट नफर्किएपछि उनको खोजी जारी थियो। जंगलमा खोज्दै जाने क्रममा बाघले खाइरहेकै अवस्थामा शव फेला परेको जीतपुरसिमरा–२१ वडाध्यक्ष सुवास श्रेष्ठले जानकारी दिए।

शव फेला परेपछि तत्कालै प्रहरी, जनप्रतिनिधि र स्थानीयबासी घटनास्थल पुगेका छन्। अविवाहित ब्लोन लामो समयदेखि दिदीभिनाजुको घरमा बस्दै आएका थिए।

प्रतिक्रिया
सम्बन्धित समाचार