मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सम्पादकीय : युद्धरत देशका नेपालीहरुबारे सरोकार

सोमबार, असार २ २०८२

बिहीबार रातिदेखि इजरायलले इरानमा हवाई आक्रमण गरिरहेको छ । दुवै देश एकआपसमा मिसाइल प्रहार गरी आक्रमण र प्रत्याक्रमणमा उत्रिदा यसले ठूलो युद्धको रुप लिने खतरा बढेको छ । आक्रमणका कारण धेरै जनधनको क्षती भएका समाचार विवरणहरु सार्वजनिक भएका छन् । यतिबेला हामी नेपालीहरुलाई लाग्ने चिन्ताको विषय के हो भने त्यहाँ रहेका नेपालीहरुको अवस्था कास्तो रु त्यहाँ कति नेपालीहरु रहेका छन् रु यो नै हाम्रो प्रमुख सरोकार हो ।

विश्वमा रहेका नेपालीहरुको तथ्याङ्क राख्ने परराष्ट्र मन्त्रालयले ती युुद्धरत दुबै देशमा हालसम्म सबै नेपालीहरु सुरक्षित रहेको जनाएको छ । परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार इजरायलमा पाँच हजार पाँच सय र इरानमा १२ देखि १५ जना नेपालीहरु रहेकामा सबै सुरक्षित नै रहेको उनी बताउँछन् । इरानमा थोरै नेपालीहरुको रहेको बताइए पनि इजरायलमा नेपालीहरुको् संख्या भने निकै ठूलो छ । परराष्ट्र मन्त्रालयका अनुसार इजरालमा कृषि अध्ययनका लागि नेपालीहरु जाने गर्छन् । जीटुजीमार्फत् केयर गिभरको रुपमा इजरायलमा वर्षेनी ठूलो संख्यामा नेपालीहरु जाने गर्छन् । आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा मात्र श्रम स्वीकृति लिएर एक हजार ४५ जना नेपाली इजरायल गएको सरकारी तथ्याङ्क छ । वैदेशिक रोजगार विभागका अनुसार २०७८ साउन १ गतदेखि २०८२ वैशाख मसान्तसम्मको अवधिमा तीन हजार ७३२ जना नेपाली केयर गिभरको रुपमा इजरायल गएका थिए ।
परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपालीसँग तेल अविवस्थित नेपाली दूतावास निरन्तर सम्पर्कमा रहेको र त्यहाँका नेपालीहरुलाई इजरायल सरकारले जारी गरेको एड्भाइजरी पालना गर्न र आवश्यक सतर्कता अपनाउन पनि भनिरहेको छ । हालसम्म आफूहरुलाई अप्ठेरो परेको भनेर दूताबासको सम्पर्कमा हालसम्म कोही पनि नआएको बताइएको छ ।

युद्ध नैं समस्याको समाधान होइन । युद्ध अन्त्यका लागि दुबै देशले आ–आफ्नो हठ त्याग्न जरुरी छ । विश्व नै शान्तिको पक्षमा छ, आतंकवादविरुद्ध छ । तर यसो भन्दै गर्दा निर्धामाथि बलियोले गर्ने शोषण, अत्याचार र थिचोमिचो भने कसैलाई पनि स्वीकार्य हुँदैन । यसका लागि संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन जस्ता संगठित निकायले अझै मध्यस्थताको भूमिका निर्वाह गरिरहनु पर्छ । सोतर्फ सरकार संवेदनशील बनोस ।

इजरायलले इरानको परमाणु कार्यक्रमलाई आफ्ना नागरिकहरुको अस्थित्वका लागि प्रत्यक्ष खतरा मान्दै आएको छ । अन्तर्राष्ट्रिय परमाणु एजेसीले इरानले नाभीको प्रतिबन्ध उल्लङ्घन गरेको घोषणा गरेपछि इजरायलले अव ‘समय समाप्त भयो’ भन्दै १३ जुन, २०२५ मा अचानक आक्रमण सुरु गरेको थियो । इजरायलले आफ्ना वायुसेना र गोप्य आरोप–सौँधयुक्त अफिसरहरु मार्फत इरानको परमाणु र सैन्य संरचनामा ठुलो हमला गर्यो । जसमा सञ्चार, मिसाइल र सेनापतिहरुलाई निशाना बनाइए । इरानले १४–१५ जुनमा सयौं ड्रोन र मिसाइलहरु इजरायलमा प्रहार ग¥यो, जसले नागरिक हताहती र धेरै भवनमा क्षति पुर्यायो ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू आफ्ना आन्तरिक राजनीतिक दबाब र आगामी चुनावको नेतृत्वलाई सुदृढ पार्न आक्रमणको निर्णयलाई आफूविरुद्ध चलाउने प्रयासका रुपमा हरेको विश्लेषकरुको भनाई छ । इरान र इजरायलले विगतदेखि साइबर हमला, गोप्य हत्याकाण्ड र मध्यपूर्वका गुटहरुको माध्यमबाट एक–अर्कासँग लडिरहेका छन् । इजरायलले सन् २०१० देखि सुरु भएको युद्धमा स्टक्सनेट कम्प्युटर हमला र नाटंजÞमा डिइक्नोलाइजर प्रहार गरेको छ । उसको सन् २०२३ को हमास युद्धसँगै तिक्तता बढ्दै गइरहेको छ । युद्ध रोक्नका लागि भारत, अमेरिकी प्रशासन, संयुक्त राष्ट्रसंघ, युरोपेली देशहरुले दुबै पक्षलाई संयमता अपनाउन र कूटनीतिक समाधानतर्फ लाग्न अनुरोध गरिरहेका छन् । तर वार्ताका सम्भावनाहरु लगभग अन्य भएका छन् ।

युद्ध नैं समस्याको समाधान होइन । युद्ध अन्त्यका लागि दुबै देशले आ–आफ्नो हठ त्याग्न जरुरी छ । विश्व नै शान्तिको पक्षमा छ, आतंकवादविरुद्ध छ । तर यसो भन्दै गर्दा निर्धामाथि बलियोले गर्ने शोषण, अत्याचार र थिचोमिचो भने कसैलाई पनि स्वीकार्य हुँदैन । यसका लागि संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन जस्ता संगठित निकायले अझै मध्यस्थताको भूमिका निर्वाह गरिरहनु पर्छ । सोतर्फ सरकार संवेदनशील बनोस ।

प्रतिक्रिया
सम्बन्धित समाचार