आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

युके पठाइदिने भन्दै ११ करोड भन्दा बढी ठगेको आरोपमा दुुई जना पक्राउ

मंगलबार, जेष्ठ २७ २०८२

काठमाडौं, २७ जेठ । युके पठाइदिने भन्दै ११ करोड भन्दा बढी रकम ठगेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेकाहरुमा मोरङ घर भई काठमाडौंको सरस्वती नगर बस्ने ४४ वर्षीय लक्ष्मण पराजुली र धनुषा घर भई काठमाडौंको नरेफाँट बस्ने ४७ वर्षीय अरूणराज शर्मा छन्।

कार्यालय प्रवक्ता एवं एसपी काजीकुमार आचार्यका अनुसार अहिलेसम्म ३८ जना पीडित प्रहरीको सम्पर्कमा आएका छन्। उनीहरूबाट ११ करोड ६ लाख ९७ हजार रुपैयाँ रकम ठगेको आरोप छ।

वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौंले उनीहरूलाई पक्राउ गरी उपस्थित गराउन भनेपछि कार्यालयले उनीहरूलाई पक्राउ गरेको हो। कार्यालयले उनीहरूलाई सोमबार नै विभागमा बुझाइसकेको छ। उनीहरूले वैदेशिक रोजगारका लागि पठाउने भन्दै ठगेको आरोप लागेको हो।

प्रतिक्रिया
सम्बन्धित समाचार