काठमाडौं(जस)–ट्रेड टावर लिमिटेडको आइपीओमा २ अर्ब ५७ करोड ७९ लाख ७९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसएण्ड क्लियरिङका अनुसार जेठ २० गते मंगलबार अन्तिम दिन सम्ममा २१ लाख ६९ हजार ८९१ जना आवेदकले २ करोड ५७ लाख ७९ हजार ७९० कित्ताको लागि आवेदन दिएका हुन् । यो आवेदन माग भन्दा ७.८२ गुणा बढी हो । कम्पनीले जेठ १४ गतेदेखि सर्वसधारणका लागि ३२ करोड ९६ लाख ५० हजार ५१९ रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन् ।