कपिलबस्तु(जस)–एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान आफ्नै गाउँमा सम्मानित भएका छन् । उनलाई एक बृहत कार्यक्रमकाबीच सम्मान गरिएको हो । मुक्तदा मुस्लिम समुदायबाट एनआरएनए संस्था भएका ८१ देशहरुमध्ये कतारबाट एक्लो अध्यक्ष हुन् । सम्मान कार्यक्रममा मुक्तादाले आफुलाई सम्मानित गरिएकोमा सबैप्रति आभारी व्यक्त गर्दै आफुले आफ्नो जन्मभूमिको लागि र देशको लागि केही गर्ने प्रण व्यक्त गरे । कार्यक्रममा उपस्थित सबै अतिथिहरुले मुक्तदालाई सफल कार्यकालको शुभकामना ब्यक्त गरे । कार्यक्रम सिद्धार्थ स्पोर्टिंग क्लब पकड़ी तथा कपिलवस्तु क्षेत्र न. १ को समाज सेवी तथा बुद्धिजिवीहरूको संयुक्त आयोजनामा भएको थियो ।

कार्यक्रममा सभा अध्यक्ष( कपिलवस्तु माया देवी गाऊपालिका अध्यक्ष बजरंगी चौधरी, प्रमुख अतिथि नेपाली कांग्रेस को केंद्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमान, बिशिष्ट अतिथि मोहम्मद मुक्तदा मुसलमान, बिशिष्ट अतिथि समाजवादी पार्टी प्रदेश ५ को संसदीय दलको नेता तथा प्रदेश सांसद सहसराम यादव, समाजवादी पार्टी जÞिल्ला अध्यक्ष शैलेन्द्र यादव, नेकापा जÞिल्ला उपाध्यक्ष बाबु राम खनाल, राजÞपा नेपाल को जिल्ला सदस्य कमलेश सरण चौधरी, युवा नेता अम्बरीश पाण्डेय, फÞजÞल खान, असरार अहमद खान, हिन्दराजÞ चौधरी, कार्यक्रम संयोजक अरसद खान, वडा अध्यक्ष सरफÞुद्दीन खान तथा कार्यक्रम संचालक विश्राम यादव, कार्यक्रम संयोजक अरसद खान आदिले आ–आफ्ना विचार राखेका थिए ।

कार्यक्रममा मुक्तदाले भने–‘सिद्धार्थ स्पोर्टिंग क्लब पकड़ी तथा कपिलवस्तु क्षेत्र न. १ को सम्पूर्ण समाजसेवी तथा बुद्धिजिवीहरूको संयुक्त आयोजनामा आयोजित बधाई तथा सम्मान कार्यक्रमद्वारा मलाई सम्मान गर्ने क्लब, सम्पूर्ण समाजसेवी बुद्धिजिवीहरू, कार्यक्रमका सभापति कपिलवस्तु माया देवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी, प्रमुख अतिथि नेपाली कांग्रेसका केंद्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य अतहर कमाल मुसलमान विशिष्ट अतिथि समाजवादी पार्टी प्रदेश न. ५ को संसदीय दलको नेता तथा प्रदेश सांसद सहसराम यादव, नेकपा जिल्ला उपाध्यक्ष बाबुराम खनाल, समाजवादी पार्टी जिÞल्ला अध्यक्ष शैलेन्द्र यादव, राजÞपा नेपालका जिल्ला सदस्य कमलेशसरण चौधरी, युवा नेता अम्बरीश पाण्डेय, फÞजÞल खान, असरार अहमद खान, हिन्दराजÞ चौधरी, कार्यक्रम संयोजक अरसद खान, वडा अध्यक्ष सरफÞुद्दीन खान, कार्यक्रम संचालक विश्राम यादव तथा सम्पूर्ण जनसमुदायमा हार्दिक धन्यवाद प्रकट गर्दछु ।’