आलोक यादव
सिराहा कार्तिक १ – युवाहरुमा लागुऔषधको प्रयोग पनी पछिल्लो समय अत्यधिक वढेको भन्दै त्यसलाई रोकथाम र नियन्त्रण गर्न जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रमुख (एसपी) उमा प्रसाद चतुर्बेदीले जिल्लाका विभिन्न ईलाका प्रहरी कार्यालय र चौकीहरुमा विशेष अपरेशनका वारेमा जानकारी दिई व्यापक रुपमा प्रहरी परिचालन गरीदै आएको बताए।प्रहरी सेवामा लागेपछि आफ्नो सेवा अवधिमा समाजका लागी केहि गर्नुपर्छ भन्ने मान्यता राख्ने प्रहरी प्रमुख (एसपी) उमा प्रसाद चतुर्बेदी अएपछि छोटो समयमै लागुऔषध कारोवार गर्ने र प्रयोग गर्नेलाई समेत कानुनी कटघरामा उभ्याउन सिरहा प्रहरी सफल देखिएको छ । पछिल्लो पटक सिरहा प्रहरीले गोलबजारबाट बुधबार लागूऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ परेको छ । जिल्लाको बरियारपट्टी गाउँपालिका वडा नम्वर(१ स्थित कचनारी गाउँ बाट सिमा प्रहरी चौकी कचनारीबाट असइ दुर्गा यादवको कमान्डमा खटिएको प्रहरी टोलीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिरहाको गोलबजार नगरपालिका वडा नम्बर (६ बस्ने प्रेम कुमार साहको छोरा बर्ष २० को गणेश कुमार साह र नरहा गाउँपालिका वडा नम्बर. १ बस्ने श्याम सुन्दर यादवको छोरा बर्ष २० को नवीन यादव रहेका छन् । उनको साथबाट( DIALEX- DC ) नामको ८९ बोतल लागूऔषध बरामद गरिएको छ । भारतको पिपराहीबाट नेपालको कचनारी गाउँ तर्फ स.८ प. १८२७ नम्बरको पल्सर २२० सिसिको मोटरसाईकलमा आउँदै गर्दा साह र यादवलाई चेक जाँचको क्रममा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख (एसपी) उमा प्रसाद चतुर्बेदीले जनाएको छ । पक्राउ परेका साह र यादवलाई जिल्ला प्रहरी कार्यालय सिरहा ल्याई आवश्यक अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए । परेका साह र यादवलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय सिरहाले शान्ति र सुरक्षित बनाउन थ्रीएस अप्रेशन संचालन गरिरहेको छ ।जसअन्तरगत विभिन्न अपराधिक कार्य गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिन सफल हुँदै आएको छ ।