बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

सिराहामा पटाका सहित २जना पक्राउ

मंगलबार, असोज २८ २०७६

आलोक यादव
सिराहा असोज – तिहार र छठ पर्व आउन १५ दिन बाँकी रहे पनि अहिलेदेखि नै पटाका र पटाकाजन्य वस्तुको तस्करी सुरु भएको छ । चाडपर्वलाई मध्यनजर गरी प्रहरीले भारतसंग जोडिएका सिराहाको मुख्य नाकामा चेकजाच र निरागनीमा कडाइ गरेपछि कारोबारीले अहिले ग्रामीण भेगका नाका प्रयोग गरेर भारतबाट पटाका भित्र्याउन थालेका हुन् ।

यसैक्रममा भारतबाट अवैध रुपमा भित्र्याइएको पटाका, सिराहाको विभिन्न ठाँउ बाट प्रहरीले पक्राउ गरेको हो । सिराहा । सिराहा नगरपालिका वडा नम्बर–१९ स्थित प्रहरी चौकी सन्हैठाबाट खटिएको प्रहरी गस्ती टोलीले स.६ .प.१७९ नम्बरको मोटरसाइकल लाई चेकजाँच गर्दा गोलबजार नगरपालिका वाड नम्बर.८ बस्ने बर्ष २१ को शम्भु साह र पछाडी सवार बर्ष २४ को रुबेल मण्डलको साथबाट कोभरा पटाका १५० प्याकेट, सानो फुलझरी ५ प्याकेट, कमाण्डो बम १० प्याकेट, चकलेट बम २० प्याकेट, हाईड्रो बम १० प्याकेट, नागीन छाप पटाका १५० प्याकेट, अन्दाजी १६ हजार मुल्य बराबरको पटका मोटरसाइकल सहित मानिस पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रमुख एसपी उमा प्रसाद चतुर्बेदीले जानकारी दिए ।त्यसै गरि सिराहा नगरपालिका वडा नम्बर .१५ सुखचैना स्थित इलाका प्रहरी कार्यालय माडरबाट खटिएको गस्ती टोलीले चेकजाँच गर्दा ७५० प्याकेट नागीन पटाका, सुतली बम ५ प्याकेट गरी करिब ५० हजार बराबरको पटका नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय सिराहामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार