कतार,आपसी सहयोग, सामाजिक सद्भाव र बन्धुत्त्वको लागि सदभाव युवा समाज कतार” भन्ने मुल नारा सहित सन् २००८ मा स्थापना भएको श्री सदभाव युवा समाज कतारको सम्पन्न १७औं वार्षिकोत्सव तथा वार्षिक साधारणसभा बाट नयाँ नेतृत्व चयन भएको छ । समाजको नेतृत्वमा सिरानचोक गाउँपलिका ६ गाखु गाउँ गोरखाका विजय गुरुङ पुन अध्यक्षमा चयन भएका छन ।
कतारमा समाजका अध्यक्ष विजय गुरुङको अध्यक्षता तथा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष रमेश भट्टको प्रमुख आतिथ्यतामा सम्पन्न भएको साधारणसभा बाट अध्यक्षमा गुरुङ सहित उपाध्यक्षमा रुस्तम तामाङ, महासचिवमा चित्र बहादुर गुरुङ, सचिवमा नवीन अर्याल, सहसचिवमा मनिष बोहरा, कोषाध्यक्षमा हरि गुरुङ र सह-कोषाध्यक्षमा राजकुमार निरौला निर्वाचित भएका छन । यसैगरी सदस्यहरूमा दुर्गानाथ उप्रेती, रेवती खकुरेल, अमृत श्रेष्ठ, श्याम खडकाथोकी, रविन काफ्ले, टंक सापकोटा, डोलराज पौडेल र युवराज कार्की पनि सर्वसम्मत चुनिएका छन ।
खुल्ला र बन्द सत्र गरी दुई चरणमा सम्पन्न भएको कार्यक्रममा समाजका सचिव नवीन अर्यालले स्वागत मन्तव्य राख्दै समाजले गरेका कार्य प्रगति पेस गरेका थिए । समाजमा पछिल्लो कार्यसमितिबाट प्राप्त रकम बाहेक २१ हजार ४ सय १५ रियाल आम्दानी गरेको र कार्यकालभरि २१ हजार ५ सय २१ रियाल खर्च गरेको आयव्यय विवरण सह-कोषाध्यक्ष हरि गुरुङले प्रस्तुत गरेका थिए । उनले पछिल्लो कार्यसमितिबाट प्राप्त केही रकम खर्चँदै समाजमा ४१ हजार ८ सय १४ रियाल बचत रहेको पनि बताएका छन ।
गुरुङले समाजले नेपालका अध्यक्ष विभिन्न जिल्लाका विभिन्न स्कुलमा न्यानो कपडा, किताब, कापी, झोलसहित अन्य शैक्षिक सामग्रीहरु सहयोग गरेको बताउदै मानवीय सहयोग अन्तर्गत विभिन्न रोगबाट ग्रसित भएका र आर्थिक अवस्था न्यु रहेका बिरामीहरूको उपचारमा सहयोग, बाढी पहिरो पीडितलाई पाइप खरिदमा सहयोग र अनाथ बालबालिका हरूका लागी ‘माया घर’ निर्माणका लागि पनि लाखौं सहयोग गरिएको उक्त विवरणमा उल्लेख गरेका थिए ।
समाजका महासचिव चित्र गुरुङले सहजीकरण गरेका कार्यक्रममा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि भट्टले सद्भावले एक सालमा गरेको कामको मुक्त कण्ठले प्रशंसा गरे । उनले कतारमा कहीँ कतै खादा माला लगाएर कार्यक्रममा नहिँड्ने सद्भावको कार्य विश्वमै उदाहरणीय रहेको भन्दै सद्भावले गरेको यस्तो निस्वार्थ, सहयोगी र प्रेरणादायी कार्यहरु बाट दोहामा भएका अन्य संघ संस्थाले पनि पाठ सिक्न आवश्यक रहेको बताएका थिए ।

