चितवन / गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी महाधिवेशनका लागि चितवन घर भई विभिन्न पदमा उम्मेदवारी दिएका १० जनालाई जिताउन अभियान तीव्र पारिएको छ ।
चितवने एनआरएनए गोर्कण ढकाल, ईश्वरराज पौडेल र युवराज शर्माको पहलमा चितवने जीताउ अभियान तीव्र पारिएको हो ।

आज जमलमा रहेको होटल एलो प्यागोडामा बृहत छलफल तथा अन्र्तक्रिया गरिने एनआरएनए हंङ्गकङ्गका महासचिवमा गार्कण ढकालले जानकारी दिए । चितवनेहरु विच एकआपसमा चिना परिचय र भाईचार सम्बन्धलाई थप प्रगाढ बनाउन भेला आयोजना गरिएको एनआरएनए ईश्वरराज पौडेलले बताए । भने भेलामा सहभागी हुन सबैमा उनले अनुरोध पनि गरे ।