मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएन महासचिवमा डा. पौडेलको उम्मेद्धवारी घोषणा

आइतबार, असोज २६ २०७६

काठमाडौं। अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली संघ (एनआरएन) आसन्न नवौं सम्मेलन (२०१९-०२१) का लागि डा. केशव पौडेलले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

काठमाडौंको होटल अन्नपूर्णमा पत्रकार सम्मेलन गरेर यही असोज २८ देखि ३० गतेसम्म काठमाडौँको होटल ह्यातमा हुन गैरहेको उक्त महाधिवेशनमा डा. पौडेलले महासचिवमा आफ्नो उम्मेद्धवारी घोषणा गरेका हुन् ।

डा. पौडेलले आफू महासचिवको उम्मेद्धवार भैरहँदा संस्थालाई कसरी अझ बढि योगदान गर्न सक्छु भनेर आफू ध्यान पुर्याउनुपर्ने क्षेत्रहरु पनि पहिल्याईसकेको जनाए । उनले जारी गरेको सार्वजनिक प्रतिबद्धतामा भनिएको छ,‘हामी कुनै संसदीय वा अन्य सत्ता प्राप्तिको प्रतिष्पर्धात्मक चुनावमा छैनौं । यहाँ हामी सबै समान छौं, हामी सबैको साझा दायित्व भनेकैं एनआरएनए संस्थालाई कसरी बलियो बनाउने भन्ने नै रहेको छ ।’

सचिबालय व्यवस्थापन र सुदृढिकरण, संस्थागत विकास र सदस्यता अभिबृद्धि, संस्थामा सरल पहुँच र समान वितरण, गतिशिल नेतृत्व तथा दिगो निती आफ्नो प्राथमिकतामा रहेको उनले बताए । उनले भने, ‘सबैको एनआरएनए, संधैको नेपाली र समान नागरिकताका सवालमा प्रशस्त कामहरु गर्ने प्रण लिएको छु ।’

दुई कार्यकाल एनआरएन अमेरिकाको अध्यक्ष भइसकेका उनले सुदृढ र पारदर्शी एनआरएन बनाइछाड्ने प्रतिबद्धता पनि जनाए । डा. पौडेल अमेरिकाको न्यू मेक्सिकोस्थित लवलेस मेडिकल सेन्टरको मेडिकल निर्देशकका रुपमा कार्यरत छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार