आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

प्रीतम श्रेष्ठको नयाँ लोकगीत ‘मकुरीको जाल’ सार्वजनिक ( भिडियो सहित )

सोमबार, माघ २१ २०८१

साङ्गीतिक क्षेत्रमा सक्रिय गीतकार तथा सर्जक प्रीतम श्रेष्ठको नयाँ लोकगीत ‘मकुरीको जाल’ सार्वजनिक भएको छ। गीतलाई प्रीतम श्रेष्ठकै युट्युब च्यानल ‘Pritam Shrestha’ मार्फत सार्वजनिक गरिएको हो।

गीतमा अर्जुन सापकोटा र शान्ता रानी परियारको सुमधुर स्वर सुन्न सकिन्छ भने संगीत संयोजन कृष्ण बजुरालीले गरेका छन्। यस गीतको निर्देशन प्रविण थापाले गरेका हुन भने छायांकन राजेश घिमिरेले र सम्पादन अमृत चापागाईँले गरेका छन्। गीतको म्यूजिक भिडियोमा चर्चित कलाकार विना राउत र मुकुन्द भट्टको दमदार अभिनय देख्न सकिन्छ।

हाल अमेरिकाको सान फ्रान्सिस्को, क्यालिफोर्नियामा बसोबास गरिरहेका प्रीतम श्रेष्ठ, क्यालिफोर्निया राज्यको अनुसन्धान डेटा विशेषज्ञ (Research Data Specialist) को रुपमा कार्यरत छन्। नेपालबाट टाढा रहे पनि नेपाली संस्कृति र संगीतप्रति गहिरो लगाव राख्दै, उनले निरन्तर रुपमा परम्परागत नेपाली लोकगीत लेख्दै र संगीतबद्ध गर्दै आइरहेका छन्।

प्रीतम श्रेष्ठले हालसम्म ‘मुटु रेटियो’, ‘माथि माथि माया बग्छ’, र ‘यसपालीको दशैं-तिहार’ जस्ता विभिन्न गीतहरू सार्वजनिक गरिसकेका छन्, जसले श्रोतामाझ राम्रो चर्चा कमाएका छन्।

‘मकुरीको जाल’ गीतले प्रेम, समर्पण, माया र पीरतीका बीभीध आयामलाई कलात्मक रूपमा प्रस्तुत गरेको छ। चर्चित कलाकार मुकुन्द भट्ट र विना राउतको अभिनयले गीतलाई थप जीवन्त बनाएको छ।

नयाँ गीत सुन्न र हेर्नका लागि प्रीतम श्रेष्ठको आधिकारिक युट्युब च्यानल ‘Pritam Shrestha’ मा जान सकिनेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार