मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

नाडाले दियो सरकारका विभिन्न निकायमा ३२ बुँदे माग पत्र

शनिबार, माघ १२ २०८१

काठमाडौं(जस)–सरकारले जारी गरेका अध्यादेशलाई नेपालका अटोमोबाइल क्षेत्रको छाता संगठन नाडाले पनि स्वागत गरेको छ । सरकारले अध्यादेश मार्फत संशोधन गर्न विभिन्न ऐनका बुँदाहरुमा परिवर्तन गरेको छ । खाशगरी कालो बजार नियन्त्रण ऐनमा व्यवसायीहरुले २० प्रतिशतभन्दा बढी मुनाफा कमाउन नपाउने व्यवस्था हटाइएको छ । जसका लागि नेपालको नीजिक्षेत्रले दशकौ देखि सरकारलाई सुझावहरु दिदै आएको नाडाले जनाएको छ । अहिले सरकारले त्यसको आवश्यकता, उदार र खुल्ला बजार अर्थतन्त्रको मूल मर्मलाई महशुसगरी त्यसका बाधाहरुलाई हटाएकोे नाडाको बुझाइ छ ।
खस्कदै गएको नेपालको अटोमोवाइल व्यवसाय र देशको समग्र अर्थतन्त्रमा सुधार ल्याउन र उपयुक्त व्यावसायिक बातावरण निर्माण गर्न नाडाले पटक पटक सरकारलाई विभिन्न सुझावहरु दिदै आएको नाडाले विज्ञप्तिमा उल्लेख गरेको छ । यसै सन्दर्भमा नाडाले पनि अर्थ मन्त्रालयलाई २२ बुँदे सुझावहरु दिएको छ । यसै क्रममा नाडाले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा एजेन्सी संशोधन र एकिकरणका सम्बन्धमा पनि ४ बुँदे सुझावहरु दिएको जनाएको छ । त्यसैगरी नाडाले नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिसंग सम्बन्धित ६ बुंँदे सुझावहरु समेत दिएको जनाएको छ ।
अहिले सरकारले प्रोटोकल फर मुभमेण्ट अफ कार्गो विद रिफरेन्स टु द मोटर भेहिकल्स एग्रिमेण्ट फर द रेगुलेशन अफ प्यासेञ्जर, पर्सोनल एण्ड कार्गो भेहिकुलर ट्राफिक विटविन बङ्गलादेश बहसमा ल्याएको छ । त्यस्तै, भुटान, इण्डिया र नेपाल (विविआइएन) को प्रारुपका विषयमा छलफल चलाउदै आएको सन्दर्भमा यी चार देशहरुबीच खुला यातायात प्रणाली सञ्चालनमा आउनु निश्चय नै स्वागतयोग्य विषय भएको नाडाको ठहर छ । तर यस विषयमा सरकारले सँझौता गर्दा नेपालमा पर्ने केही व्यावहारिक पक्षहरुबारे विशेष ध्यान दिनु पर्ने धारण समेत राखेको छ ।
नेपालमै कुनै पनि यातायातका साधनहरुको म्यानुफयाक्चरिङ्ग नहुने र आयात गरिने झण्डै ८० प्रतिशत यातायातका साधनहरु भारतबाट आयात हुने भएकाले २५० देखि ३५० प्रतिशतसम्म महशुल लाग्ने गरेको नाडाको भनाइ छ । यस सन्दर्भमा भारतको तुलनामा नेपालमा यातायातका साधनहरु ज्यादै महङ्गो पर्ने भएकोले उक्त संझौता अनुसार नेपालमा भारतीय नम्बर प्लेटका सवारी तथा ढुवानीका साधनहरु मात्र प्रयोगमा आउने देखिन्छ । यसबाट नेपालमा यातायातका साधनहरु पैठारीगरी व्यवसाय सञ्चालन गर्ने व्यवसायीहरु लगायत अटोमोवाइल व्यवसायसंग सम्बन्धित वा आश्रित अन्य कुनै पनि व्यवसायीहरुले आफनो व्यवसाय नै छोडनु पर्ने अबस्था आएको छ । सरकारले यसतर्फ गम्भिरतापूर्वक ध्यान दिन पर्ने विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार