मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

लक्ष्मी सनराइज बैंकको २४ औं साधारणसभाबाट लाभांश पारित

बुधबार, पुष २४ २०८१

काठमाडौं(जस)–लक्ष्मी सनराइज बैंक लिमिटेडले ५ प्रतिशत बोनस सेयर गर्ने भएको छ । बुधबार बसेको कम्पनीको चौबिसौं वार्षिक साधारणसभाले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको हो । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८०÷८१ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आवको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आव २०८१÷८२ का लागि लेखापरीक्षकको नियुक्तिसमेत गरेको छ । आव २०८०÷८१ मा ३३३ अर्ब निक्षेप र २५८ अर्ब रुपैयाँ कर्जा पु¥याएको यस बैंकको वासलातको आकार ३९५ अर्ब रुपैयाँ रहेको छ । सो आवमा बैंकले २ अर्ब ९२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार