सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

अन्तर्राष्ट्रिय नेपाली समाजको ४औं अधिवेशन कतारमा

बुधबार, पुष २४ २०८१

 नेपाल समाजवादी पार्टीको  प्रबास  भातृ संगठन  अन्तर्राष्ट्रिय नेपाली समाज कतारको  ४औं  अधिवेशन हुने भएको छ ।“समृद्धि  सम्भब छ, हाम्रै पालामा ।”  भन्ने मुल नारा लिएर कतारमा २०१६ मा स्थापना भएको डाक्टर बाबुराम भट्टराई नेतृत्वको विदेश स्थित अन्तर्राष्ट्रिय नेपाली समाज कतारले दश जनवरी  शुक्रबार दिन दोहोको सनैयामा अधिवेशन गर्न लागेको छ । उक्त अधिवेशन सफल बनाउन  डाक्टर भट्टराईले विद्युतिय माध्यामबाट शुभकामना दिने प्रबक्ता ध्रुव क्षेत्रीले जानकारी दिएका छन् ।

भट्टराई निकट संगठनले दोहामा स्थपित संघसंगठनका प्रमुखहरू सबैलाई पत्राचार गरिसकेको जनाएको छ । भने कार्यक्रम  वेलफेवेर रेस्टुरेन्टको सभाहल सनैया प्लाजा महलमा  दिनको १२ बजे  देखि सुचारु हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार