क्यानडा(जस)– गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय परिषद (एनआरएनए आइसीसी) को आगामी २०१९–२०२१ कार्यकालमा अमेरिकाज क्षेत्रका क्षेत्रीय उपसंयोजकमा क्यानडाबाट अभिमन्यू बस्नेतले उम्मेदवारी घोषणा गरेका छन् ।हाल आइसीसी सदस्य रहेका बस्नेतले गैर आवासीय नेपाली संघ (एनआरएनए) को आगामी नवौं विश्व सम्मेलनमा अमेरिकाज क्षेत्रीय उपसंयोजकमा उम्मेद्वारी घोषणा गरेका हुन् ।भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका–८ सिपाडोलमा जन्मस्थान भएका बस्नेत बिगत ११ बर्ष देखि क्यानाडामा छन् ।सामाजिक काममा निकै सक्रिय बस्नेत यसअघि एनआरएनए राष्ट्रिय समन्वय परिषद क्यानेडाबाट नेतृत्व गरिसकेका छन् ।
२००९ मा एनआरएनए एनसीसी क्यानाडाको सदस्य बनेका बस्नेत २०१३–२०१५ मा भने एनसीसी क्यानाडाको उपाध्यक्ष थिए । त्यसैगरी २०१७ देखि आइसीसी सदस्य भएर काम गर्दै आएका छन् । नेपालको पर्यटन प्रवर्घन गर्न अन्तर्गत अतिथी देवो भव कमिटीका सदस्य पनि छन् ।बस्नेतले भुकम्पको राहत, बाढि पीडितलाई राहत होस् एनआएनए लार्पाकमा बनाउदै गरेको लार्पाक वस्तिमा समेत श्रम दान गरेका काम गरेका छन् ।एनआरएनएलाई सबै बिचार, जात, वर्ग, समुदाय सहितको समाबेशी निर्माण गर्दै देशलाई आर्थिक उन्नति र समृद्धितर्फ लैजाने प्रमुख उद्देश्यलाई कार्यान्वयन गराउन आफू उम्मेद्वारी दिन लागेको बस्नेतले बताए । साथै बस्नेतले अमेरिकाज क्षेत्रका सम्पूर्ण डेलिगेट्सहरुलाई आफूलाई सहयोग गर्न समेत अनुरोध गरेका छन् । केही दिनभित्र नै आफ्नो घोषणापत्रका साथ अमेरिकाज् क्षेत्रमा सबै एनएनएनए माझ जाने बताए ।