काठमाडौं(जस)–नेपालमा यामाहाको एकमात्र आधिकारिक वितरक एमएडब्लू राइड्सले देशभरिका च्याप्टर लिडरहरूलाई स्वागत गर्न ब्लू स्ट्रिक्स च्याप्टर लिडर अनबोर्डिंग इभेन्टको आयोजना सफलतापुर्वक सम्पन्न गरेको छ । सुर्खेत, इटहरी, काठमाडौं (पेप्सीकोला, महाराजगञ्ज, कलंकी), भक्तपुर, सिन्धुली र पोखराका प्रतिनिधिहरू ब्लु स्ट्रिक्स पहल अन्तर्गत सहकार्य, नेतृत्व र समुदाय(संचालित प्रगतिको यात्रामा जुटेका थिए ।
कार्यक्रमको मुख्य आकर्षण एमएडब्लु राइड्स र च्याप्टर लिडरहरू बीचको समझदारी पत्र ९एमओयू० मा दुवै पक्षले हस्ताक्षर गरेका थिए । यसले यामाहा र यसका राइडर कम्युनिटीहरू बीचको सम्बन्धलाई सुदृढ बनाउने साझा प्रतिबद्धताको प्रतीकका रूपमा काम गर्नेछ । यो माइलस्टोन सम्झौताले स्थानीय नेतृत्वलाई बढावा दिन र ब्लू स्ट्रिक्स कार्यक्रम मार्फत् क्षेत्रीय संलग्नता बढाउन बलियो आधार तय गर्नेछ । यस महत्वपूर्ण अवसरमा एमएडब्लु राइड्सका कार्यकारी निर्देशक र सीईओ दीपक कुमार अग्रवालले नवनियुक्त लिडरहरूलाई सेरेमोनियल च्याप्टर लिडर किटहरू हस्तान्तरण गरे ।
कार्यक्रममा सम्बोधन गर्दै अग्रवालले भने, ‘ब्लु स्ट्रिक्स पहल समुदाय र नेतृत्वको शक्तिप्रति हाम्रो अटल विश्वासको प्रमाण हो । स्थानीय लिडरहरूलाई सशक्तिकरण गरेर हामीले साझा जोश, जिम्मेवारी र नवीनतामा हुर्किने एउटा बलियो र थप एकताबद्ध यामाहा परिवार सिर्जना गर्ने लक्ष्य राखेका छौं । सामुदायिक विकास र सहायताको प्रमुख चालकको रूपमा आफ्ना लिडरहरूलाई पहिचान र सशक्तिकरण गर्ने यामाहाको समर्पणलाई यस कार्यक्रमले थप सुदृढ बनाएको छ ।
कार्यक्रमले साझा मूल्य, सुरक्षा र नेतृत्वमा आधारित राइडर समुदायको निर्माण गर्न एमएडब्लू राइड्सको क्रियाशीलताको प्रमाणको रूपमा पनि काम गरेको छ । ब्लु स्ट्रिक्स कार्यक्रम मार्फत् स्थानीय लिडरहरूलाई सशक्तिकरण गरेर एमएडब्लू राइड्सले आफ्ना राइडरहरूसँगको गहिरो सम्बन्धलाई मात्र नभई नेपालभरि नै एक जीवन्त र एकताबद्ध सवारी संस्कृतिलाई बढावा दिन पनि योगदान पु¥याइरहेको छ । ब्लू स्ट्रीक्स यामाहा नेपाल अन्तर्गतको एक राइडर कम्युनिटी पहल हो जसको उद्देश्य यामाहा मालिकहरूबीच सार्थक सम्बन्ध सिर्जना गर्ने हो । कार्यक्रमले सवारीचालक सुरक्षा, सामुदायिक संलग्नता र नेतृत्व विकासमा जोड दिन्छ भने उत्साहीहरूलाई क्षेत्रीय च्याप्टरहरूको नेतृत्व गर्न र यामाहाको सद्भाव र साहसिक भावनालाई पनि बढावा दिन्छ ।