मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

वैदेशिक राेजगारको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट अन्त्य गर्न नेपाल मेडिकल व्यवसायी संघको माग

बिहिबार, पुष ११ २०८१

काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक राेजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएकाे सिण्डिकेट अन्त्य गर्न माग गरेको छ।
संघले बिहीबार पत्रकार सम्मेलन गर्दै स्वास्थ्य परीक्षणमा देखिएकाे सिण्डिकेट अन्त्य गर्न माग गरेकाे हाे ।

संघका अध्यक्ष तारानाथ अर्यालले केही व्यवसायीले मलेसियामा सिण्डिकेट लादिराखेकाे बताउँदै त्याे अन्त्य गर्नुपर्ने माग गरे। हाल श्रम मन्त्रालय अन्तरगत २१२ वटा स्वास्थ्य संस्था दर्ता भएर स्वास्थ परीक्षण गराउदै आएका छन्। ती मध्ये ३६ वटा संस्थाले मलेसियामा सिण्डिकेट लगाईरहेकाे अध्यक्ष अर्यालले बताए । त्यस्तै १९ वटा स्वास्थ संस्थाले गाम्का संस्थाकाे नाममा काठमाडौं केन्द्रित भएर केन्द्रीकृत प्रणालीमा श्रमिकको पहुच भन्दा दुर दराजमा राज्यकाे नीति विपरित संचालित सिण्डिकेटधारी संस्था तत्काल बन्द गर्नुपर्ने माग गरे । संघका महासचिव कृष्ण प्रसाद बजगाईले मलेसियाकाे सिण्डकेट अन्त्य गर्न सरकारसँग पटक पटक माग गर्दा समेत बेवास्था गरेकाे बताए।

त्यस्तै देशैपिच्छे स्वास्थ्य क्षेत्रमा सिण्डिकेट देखिएकाे बताउँदै त्याे अन्त्य गर्नुपर्ने महासचिव बजगाईले बताए। मलेसियामा मरिसकेको सिण्डिकेट याे वा त्याे बाहनामा जन्मिनु नहुने उनकाे भनाई छ ।

दुई अर्ब बढी लगानी रहेकाे, दुई हजार भन्दा बढी प्राविधिक कर्मचारीकाे संलग्नता रहेकाे र करिव १० हजार व्यक्तिहरू आश्रित रहेकाे क्षेत्र सिण्डिकेटकाे नाममा तहसनसह बनाउन खाेजिएकाे महासचिव बजगाईले बताए।

गुणस्तरिय सेवाको सुनिश्चितता लागि प्रणालिमा सुधार गर्नुपर्ने उनकाे भनाई छ। वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परिक्षण सम्बन्धि व्यवस्था बैदेशिक रोजगार ऐन २०६४ समय सापेक्ष परिमार्जिन गर्नुपर्ने, वैदेशिक रोजगारमा जाने श्रमिकको स्वास्थ्य परिक्षण गर्ने सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा एक रुपता कायम हुने स्वास्थ्य परिक्षण प्रतिवेदन तयार गरि सबै देशको स्वास्थ्य परिक्षण सबै स्वास्थ्य संस्थाले गर्न पाउने गरि एकै किसिमको सफ्टवेयर प्रणाली अनिवार्य रुपमा स्वास्थ्य संस्थाहरुमा लागु गर्नुपर्ने संघले माग गरेको छ ।

यसैगरी सबै देशको स्वास्थ्य परिक्षण शुल्क वैज्ञानिक ढंङ्गले निर्धारण गरि एकरुपता कायम गरिनुपर्ने समेत संघले माग गरेकाे छ।

प्रतिक्रिया
सम्बन्धित समाचार