मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

नेपाल एसबिआई बैंकद्धारा विद्यार्थीलाई ब्याग वितरण

बुधबार, पुष १० २०८१

काठमाडौं(जस)–नेपाल एसबिआई बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काभ्रेपलाञ्चोक जिल्लाको बनेपा नगरपालिका वडा नं. ६, काभ्रेपलाञ्चोक स्थित भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि स्कुल ब्याग वितरण गरेको छ । उक्त सामाग्रीहरु बंैकका बाग्मती प्रदेश प्रमुख प्रविनमुनि बज्राचार्यले भक्तेश्वर गोसाईकुण्ड माध्यामिक विद्यालयका प्रधानाध्यापक दामोदर गौतमलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । सो कार्यक्रममा बैंकका बनेपा शाखाका शाखा प्रबन्धक भुपेन्द्र मान श्रेष्ठ, सहायक प्रदेश प्रमुख सुनिता गिरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सचितानन्द केसी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार