काठमाडौं(जस)–शौर्य अटोमोबाइल्स प्रा.लि. ले जेएमईभी जीएसई इलेक्ट्रिक गाडी सार्वजनिक गरेको छ । ‘सर्वाधिक मूल्यवान प्रिमियम सेडान’ को रूपमा ख्याति कमाएको जेएमईभी जीएसई ले अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन, र विलासितापूर्ण डिजाइनको संयोजन मार्फत दिगो गतिशीलतालाई पुनः परिभाषित गर्ने लक्ष्य राखेको छ ।
जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेइकल कम्पनी लिमिटेडद्वारा निर्मित जीएसई इभी नवपर्यावहनको उच्चतम स्तरको प्रतिबिम्ब हो । सन् २०१५ मा स्थापना भएको जेएमईभी चीनको उद्योग र सूचना प्रविधि मन्त्रालयबाट इभी उत्पादन योग्यताको मान्यता प्राप्त गर्ने पहिलो कम्पनीहरूमध्ये एक हो । सन् २०१९ मा रिनोवल्ट समूह ले जेएमईभीमा ५० प्रतिशत हिस्सेदारी प्राप्त गरेपछि यसको विश्वव्यापी प्रतिष्ठा झनै मजबुत भएको छ ।
जेएमईभी जीएसई ले विलासिता, व्यावहारिकता, र पर्यावरणप्रति सजगताको संयोजन गर्दै अभूतपूर्व ड्राइभिङ अनुभव प्रदान गर्ने उद्देश्य राखेको छ। नेपालको विविध भूगोललाई मध्यनजर गरी तयार पारिएका यसका विशेषताहरू यस प्रकार छन्:
– ब्याट्री क्षमता ः ४९ केडब्लुएच
– मोटर आउटपुट ः ९९ केडब्लु
– रेञ्जस् ४२० किमी (एनईडीसी परीक्षण)
– ग्राउन्ड क्लियरन्स ः १७० मिमी–नेपालको विविध भू–भागका लागि उपयुक्त
– प्यानोरामिक मूनरुफ ः यात्राको अद्वितीय अनुभवका लागि
– ३६० एभीएम भिजुअल सिस्टम ः सुरक्षालाई थप मजबुत बनाउन
– मिशेलिन हाओयु ४ म्युट टायरहरूस् शान्त र सहज यात्रा सुनिश्चित गर्न
– बुट स्पेस ः ४१० लिटर, दैनिक सुविधाको लागि उपयुक्त
यी अत्याधुनिक विशेषताहरूले जेएमईभी जीएसई लाई स्टाइल, आराम, र प्रदर्शन खोज्ने पर्यावरण सचेत चालकहरूका लागि प्रिमियम विकल्प बनाएको छ ।
मूल्य र उपलब्धता
जेएमईभी जीएसई अहिले ५३,९९,००० रूपैयाँमा उपलब्ध छ । ग्राहकहरूले यस अद्वितीय गाडीको अनुभव लिन र टेस्ट ड्राइभ बुक गर्न शौर्य अटोमोबाइल्स शोरुम, दरबारमार्ग, काठमाडौंमा भ्रमण गर्न सकिने छ । यसमा थप गर्दै, शौर्य अटोमोबाइल्सका महाप्रबन्धक अधिर कुमार श्रेष्ठले जोड्दै भने, ‘१७१ मिमी ग्राउन्ड क्लियरेन्स, ४२० किलोमिटर रेन्ज र अत्याधुनिक सुविधाहरूका साथजेएमईभी जीएसई ले विद्युतीय सवारी साधन बजारमा नयाँ अपेक्षाहरू स्थापना गरेको छ । यो सेडान मात्र सवारी साधन होइन यो नेपालको विद्युतीय सवारी साधनको परिदृश्यलाई परिवर्तन गर्ने गेम(चेन्जर हो ।’