मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

भिजी मोटर्सको फास्ट चार्जिङ स्टेसन मुस्ताङको ८,९९९ फिट उचाइमा

शनिबार, मंसिर २९ २०८१

काठमाडौं(जस)–भिजी मोटर्सले ८,९९९ फिट उचाइमा कमर्सियल विद्युतीय सवारीसाधनको फास्ट चार्जिङ स्टेसन सुरु गरेको छ । भिजी मोटर्स प्रालि नेपालका लागि एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारीसाधनको आधिकारिक वितरक हो । मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका, वडा नं. ४ जोमसोममा रहेको उक्त चार्जिङ स्टेसनको उद्घाटन मुस्ताङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले गरेका हुन् ।
उक्त चार्जिङ स्टेसनमा ३२ किलोवाट क्षमताको एउटा डीसी फास्ट चार्जर राखिएको छ । यसले ४५ मिनेट मै विद्युतीय सवारीसाधनको ब्याट्री फुल चार्ज गर्न सक्छन् । यसबाट विद्युतीय सवारीसाधन लिएर मुस्ताङ पुग्ने यात्रु तथा मुस्ताङका विद्युतीय सवारी प्रयोगकर्तालाई सुविधा हुने अपेक्षा गरिएको छ । भिजी मोटर्सले एसआरएम र जोलङ ब्रान्डका विद्युतीय सवारी साधन आयात गरी विक्री वितरण गरिरहेको छ । एसआरएम एकपटकको फुल चार्जमा ३०० किलोमिटर कुद्ने भ्यान हो र यो ११ सिटर, २ सिटर र ५ सिटरमा उपलब्ध छ ।
एसआरएमका भ्यानहरु स्कुल, कलेज, कर्पोरेट हाउस, होटल, ट्राभल कम्पनी, अस्पताल, सरकारी निकाय, कमर्सियल ट्रान्सपोर्टर, नगरपालिका लगायतका लागि निकै उपयोगी रहेको कम्पनीको दाबी छ । एसआरएम भ्यानमा शक्तिशाली लिथियम ब्याट्री प्रयोग गरिएको छ । कम्पनीले जोलङको ईए४ ईए५ र ईए६ नेपाली बजारमा भित्र्याएको छ । जोलङ ईए५ १७ सिटको मिनी भ्यान हो । ६०.१ किलोवाट आवरको ब्याट्री रहेको यो भ्यानले एकपटकको चार्जमा ३०० किलोमिटर माइलेज दिन्छ । ईए६ २० सिटको भ्यान हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार