सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एनआरएनए आइसिसी कोषाध्यक्षमा महेशकुमार श्रेष्ठको उम्मेदवारी घोषणा, यस्ता छन् कार्ययोजना

आइतबार, असोज १२ २०७६

काठमाडौं (जस)–आगामी अक्टोवरमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)आइसिसीको केन्द्रिय कोषाध्यक्ष पदमा जापानका व्यावसायी महेशकुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । श्रेष्ठले एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेत्तृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने विश्वासका साथ कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको बताएका छन् । उनले बिगत धेरै वर्षदेखि फाईनान्सियल सेक्टरमा काम गरेको अनुभवलाई सही रुपमा उपयोग गर्न सकिने पद कोषाध्यक्ष नै भएकोले सो पदको लागि आफ्नो उम्मेदवारी उपयुक्त हुने बताएका छन् । उनको सरकारी र सामाजिक क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् ।


नेपाल सरकारले गठन गरेको वैदेशिक लगानी समन्वय तथा अनुगमन समितिका सदस्य समेत रहिसकेका श्रेष्ठले आफुले कोषाध्यक्षको जिम्मेवारी पाए गैरआवासीय श्रमिक कल्याण कोषको स्थापना गर्ने, उक्त कोषमा वार्षिक ८ करोड रुपैया संकलन गर्ने योजना सहितको कार्ययोजना तर्जुमा गरेका छन् । संसारभरबाट बार्षिक करिब ८ खर्ब रुपैयाँ रेमिटेन्समार्फत नेपाल भित्रिने गरेको र नेपाल राष्ट्र बैकले इन्सेन्टिभको रुपमा १ अमेरिकन डलर बराबर ३० पैसा बैकलाई दिने गरिएकोमा उक्त ३० पैसा मध्ये १ पैसा उक्त कोषमा जम्मा गर्न सकिएमा बार्षिक ८ करोड रुपैया जम्मा गर्न सकिन्छ भन्ने उनको भनाइ रहेको छ ।
उनले सो कोषको संचालनका लागि निमावली तथा कार्यविधी बनाउने सम्बन्धमा सम्बन्धित पक्षहरुसंग गहन छलफल भैरहेको जानकारी दिए । उनले नेपालको संविधानको धारा २९१ ले बिदेशमा स्थायी बसोबास भिसा लिएकाहरुलाई ठूलो अन्याय गरेको भन्दै सर्बोच्च अदालतमा मुद्दा समेत दायर गरेका छन् । संविधानले बिदेशमा स्थायी बसोबास भिसा लिएर बसेकाप्रति विभेदपूर्ण व्यवस्था गरेको छ । त्यसकाबिरुद्ध गैर आवासीय नेपालीहरुको हकहित र अधिकारको लागि कानुनी लडाई जारी छ श्रेष्ठले भने । पर्वतको कुश्माबाट प्रारम्भिक शिक्षादेखि माध्यमिकसम्मको अध्ययन सकेका उनी सोसोलोजी र एन्थ्रोपोलोजीमा स्नाकोत्तर हुन् । उनले जापानकोग्लोबिस विश्वविधालयबाट ःअध्ययन पनि गरेका छन् । यस्तै सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका उनी हाल जापानको काएचु विश्वविधालयमा पीएचडी हासिल गर्ने क्रममा रहेका छन् ।
जापानस्थित सिटी एक्सप्रेस मनि ट्रान्सफर जापानको सीईओ, तोनान कम्पनीको अध्यक्ष, सीटी एक्सप्रेस कनेक्टको निर्देशक, सिटी ट्राभल एण्ड टुरका निर्देशक, एभेरेष्ट इन्टरनेसनल स्कुल जापान का प्रोमोटर एवं सल्लाहकार, सिइ ह्ुमन रिसोर्स कम्पनी लिमिटेडका डाइरेक्टर तथा एसबिआई सिटी एस्प्रेस ग्लोवलका निर्देशक समेत रहेका छन् । उनी जेएनएन एग्रो कम्पनीका डाइरेक्टर पनि हुन् । उनले सिटी एक्सप्रेस गु्रपका विभिन्न कम्पनीहरु, विभिन्न वैंकहरु, सिटी एक्सप्रेस फाइनान्स, सिटी एक्सप्रेस मनि ट्रान्सफर, सिटी एक्सप्रेस म्यानेजमेन्ट, सिटी एक्सप्रेस ट्रेडिङ,सिटी इन्भेस्मेन्ट फण्ड,सिटी ट्राभल एण्ड टुर, आइटी कम्पनी, आयात तथा निर्यात कम्पनी र विभिन्न हाइड्रोपावर कम्पनीहरुमा प्रोमोटर एवं डाइरेक्टरको रुपमा उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार