काठमाडौं(जस)–नेपाली बजारमा बिहीबार एकैदिन सुनको मूल्य प्रतितोला ४ हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य बिहीबार घट्दै प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँमा झरेको हो । यस्तै बिहीबार चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले घट्दै १९ सय ६० रुपैयाँमा झरेको छ । यसअघि बुधबार नेपाली बजारमा चाँदी प्रतितोला २ हजार १५ रुपैयाँमा कारोबार भईरहेको थियो । बिहीबार विश्व बजारमा सुन ७ डलरले घटेर प्रतिऔंस २६ सय ६० को आसपासमा कारोबार भएको थियो ।