सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एनआरएन यूके अध्यक्षमा पुनम गुरुङ निर्वाचित

आइतबार, असोज ५ २०७६

काठमाडौं(जस)–निर्वाचन भएको सातादिन पछि एनआरएनए यूकेले नयां नेतृत्व पाएको छ । शनिबार बिहान सकिएको मतगणनापछि पुनम गुरुङ अध्यक्ष निर्वाचित भएकी हुन् । प्रतिष्पर्धी शेरबहादुर सुनारलाई २ सय ३ मत अन्तरले हराउंदै पुनमले डेढ दशक लामो एनआरएन यूके इतिहासकै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् । मतगणनाको अन्तिम नतिजाअनुसार पुनमले ४५५१ मत प्राप्त गरेकी छन् भने सुनारले ४३४८ मत ल्याए । त्यसैगरि, उपाध्यक्षमा प्रेम गाहामगर ३५५९ र सुनिलबाबु खड्का २७५७ मत ल्याएर विजयी भए । महिला उपाध्यक्षमा रोजिना प्रधान राई ४४४४ मतसहित विजयी भइन् । स्कटल्यान्डबाट केन्द्रीय उपाध्यक्षमा मोहन कार्कीले जितेका छन् ।
महासचिवमा फडिन्द्र भट्टराई ३९७५ मत प्राप्त गरी विजयी बने भने उनका प्रत्यासी कर्मा पहाडीले ३१९२ मत मात्र ल्याए । सचिवमा जित रानाभाट ३२०९ र कोशलेश्वर ढकाल ३२१३ मत ल्याएर निर्वाचित भएका छन् । महिला सचिवमा रन्जिता मल्ल ४४९६, कोषाध्यक्षमा तेजेन्द्र रोका ३५८७ र सह(कोषाध्यक्षमा शकुन्तला गुरुङ ३९३६ मतसहित निर्वाचित भए । युवा संयोजकमा नवीन गुरुङ ४३६८ र महिला संयोजकमा प्रसुना कंडेलले ३३८५ मतसहित आफ्नो स्थान सुरक्षित गरेका छन् । सदस्यमा सरस्वती केसी ४०९३, अमृता गिरी ३८४०, गोमा पौडेल ३८३०, प्रकाश कंडेल ३३९९, कोपिला वनेम ३२६०, लालबहादुर गुरुङ ३०३४, कृष्णप्रसाद खरेल २८२९, डा. सुनिलकुमार शाह ३०९३, हेमबहादुर लिम्बु ३२१९, चन्द्रकला लिम्बु ३२१०, तारामैया गुरुङ २९५७, ज्ञानेन्द्र आले मगर २६६६ मत ल्याएर विजयी भए ।
आइसीसी सदस्यमा लिलादेवी गुरुङ, सुशिला राई, योगकुमार फगामी, दयानिधि सापकोटा, ललित न्यौपाने, अर्कराज तिम्सिना र सुरोज मास्के निर्वा्चित भएका छन् । त्यसैगरि इङ्ल्यान्ड राज्य परिषद अध्यक्षमा दीपक श्रेष्ठ निर्वाचित भए । श्रेष्ठले ३१२० ल्याउंदा प्रतिष्पर्धी भिम सारुको २९०५ मत आएको छ । त्यसैगरि, उपाध्यक्षमा लालबहादुर गुरुङ ३६३७ र सचिवमा गोबिन्द शर्मा खरेल २९५६ ल्याएर निर्वाचित भए । कोषाध्यक्षमा ध्रुवहरी बास्कोटा २७०७, सह–कोषाध्यक्षमा चन्दन गुरुङ ३७६० मत प्राप्त गरी जिते । सदस्यमाहरुमा बन्दना केसी ४६४२, मोहन ओली ३५५४, प्रकाश न्यौपाने २९३४ र सिताकुमारी पन्त ३८२२ मतसहित विजयी भए ।
निर्वाचित हुनेमध्ये अधिकांश पुनम समूहका उम्मेदवार छन् । निर्वाचन समितिले नतिजाको औपचारिक घोषणा आइतबार गर्ने तयारी गरेको छ । गत १४ सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा बेजिङस्टोक बुथमा धांधली भएको भन्दै शेर समूहले शुरुमा मतगणना बहिष्कार गरेको थियो । पछि एनआरएनए केन्द्रको निर्देशनपछि उम्मेदवारहरुबीच सहमतिमा मतगणना सुचारु गरिएको थियो । मतगणनामा विवाद भइहरँदा एनआरएनए उपाध्यक्ष कुल आचार्यले विवाद सुल्झाउन गरेको अहंम भूमिका सर्वत्र प्रशंसनीय छ । यसपटक १३ हजार ६२९ योग्य मतदातामा कुल ९ हजार २ सय ५३ मत (६८ प्रतिशत) खसेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार