सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

एनआरएनए उपाध्यक्ष कुमार पन्तले आगामी कार्यकालका लागि एनआरएनए अध्यक्षमा भोलि औपचारिक उम्मेदवारी घोषणा गर्ने

बिहिबार, असोज २ २०७६

काठमाडौँ(जस)– गैरआवासीय नेपाली संघको (एनआरएनए) २०१९-२०२१ कार्यकालका लागि अध्यक्षका आकांक्षी बनेका वर्तमान उपाध्यक्ष कुमार पन्तले आफ्नो औपचारिक उम्मेद्वारी घोषणा भोलि गर्ने भएका छन् ।

उम्मेद्वारी घोषणा कार्यक्रम सेप्टेम्बर २०, २०१९ का दिन दिनको १२ बजे काठमाण्डौको होटल याक एण्ड यतिमा हुने भएको छ। उक्त उम्मेद्वारी घोषणा कार्यक्रममा एनआरएनए आइसीसी र अन्य व्यक्तिहरु सहित थुप्रै व्यक्तिहरुको उपस्थिति रहने जानकारी दिइएको छ।

उपाध्यक्ष पन्तले कार्यक्रममा सम्पूर्ण गैरआवासीय नेपाली, संचारकर्मी-पत्रकार र मिडिया हाउसहरुलाई समेत हार्दिक निमन्त्रणा गरेका छन्। अध्यक्षका आकांक्षी पन्तले यो पटक खासगरी संघको संरचना, प्रशाशन, संघको आन्तरिक ब्यबस्थापन र नेपालका बारेमा बिशेष फोकस गर्ने कुरा बताएका छन्।

लामो समय देखि गैरआवासीय नेपाली संघमा थुप्रै जिम्मेवारी पुरा गरेका पन्त अन्तराष्ट्रिय उपाध्यक्षमा नै दोश्रो कार्यकाल पूरा गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार