सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

पाल्पाली सेवासमाज दोहा-कतारद्वारा रक्तदान कार्यक्रम सम्पन्न, ७० जनाले गरे रक्तदान

शनिबार, असार ९ २०८१

काठमाडौं । “पाल्पाली सेवासमाजको प्रतिबद्धता निस्वार्थ समाजसेवा आजको आवस्यकता ” भन्ने मुल नारा बोकि २००७ मा सामाजिक भावना बोकि स्थापना भएको पाल्पाली सेवासमाज दोहा-कतारले २१जुन २०२४ शुक्रबारकादिन हमाद हस्पिटल को ब्लडडोनर सेन्टरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रम पाल्पाली सेवास माज दोहा-कतारका वरिष्ठ उपाध्यक्ष बिकाश गैरे पहिलो रक्तदान गरि सुरुवात गतेका थिए ।

रक्तदान नै जीवन दान को भन्ने मुल बिषयलाई आधर मानी रक्तदा संघ कतार र लुम्बिनी प्रदेश समन्वय परिषद कतार को समन्वय र लुम्बिनी प्रदेश अन्तरगतका सम्पुर्ण जिल्ला सस्था ,सह-आयोजक
समाज सेवा अभियान रुपन्देही कतार ,अर्घाखाँची सेवासमाज कतार,गुल्मी सेवासमाज कतार,नवल परासी सेवासमाज कतार,बुद्धभुमी कपिलवस्तु सेवासमाज कतार, दाङ्ग देउखुरी सेवासमाज कतार, रोल्पा जल्जला सेवासमाज कतार, बाके सेवासमाज कतार ,रोल्पाली सेवासमाज कतार र प्युठान सेवासमाज कतारको संयुक्त सह-अयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको पाल्पाका महासचिव मधाव भण्डारिले कन्दरा डटकमलाई जानकारी गराएका छन ।

कार्यक्रममा मा कतरमा स्थापित सम्पुर्ण संघसस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहित १५२ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा ९५ जनाले रक्तदान गर्नको निम्ति दर्ता गरेका मध्य ७० जनाले मात्र रक्तदान गरेका थिए भने विविध कारणबस २५ जनाको भने रिजेक्ट भएको सस्थाका बरिस्ठ उपाध्यक्ष बिकास गैरेले जानकारी गराएका छन ।

अन्तमा समाजका अध्यक्ष बिश्वनाथ भट्टराईले रक्तदान गर्ने दाताहरु तथा उपस्थित भैइ कार्यक्रमको हौसला भढाउनुहुने सम्पुर्ण लाई धन्यवाद ज्ञपन गरेका थिए भने कार्यक्रम बिहान ८ बजे देखि दिउसो २ बजे सम्म चलेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार