गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति स्पेनको अध्यक्षमा दिनेश गुरूङ (देउकाजी) विजयी भएका छन् । आइतबार क्षेत्रिय समितिहरू ग्रान क्यानरीया,पाईसभास्को विलबाउ तथा म्याड्रिडमा र सोमबार बार्सिलोनामा भएको निर्वाचनमा पेशल कुमार कोइरालालाई १ सय २४ मतले पराजित गर्दै गुरुङ अध्यक्षमा विजयी भएका हुन् । कोइरालाले ५ सय ७२ मत प्राप्त गरेका थिए भने गुरुङले ६ सय ९६ मत पाएका थिए ।
यस्तै उपाध्यक्षमा उत्तर कुमार राई विजयी भएका छन् भने महासचिव उमराज ढकाल, सचिवमा दुर्गा प्रसाद घिमिरे तथा सचिवमा धुब्र भट्ट विजयी भएका छन् । कोषाध्यक्षमा गोविन्द प्रसाद तिमिल्सिना तथा सहकोषाध्यक्षमा शान्ता राणा विजयी भए । यस्तै क्षेत्रिय समिति पाईसभास्को विलबाउबाट केन्द्रीय सचिवमा महानारायण चौधरी, महिला संयोजकमा मौसमी गुरुङ (समी), तथा सदस्यहरुमा आङ्ग लाक्पा शेर्पा, तारानाथ अधिकारी, विदुर गौतम, भुपेन्द्र कुमार श्रेष्ठ, शालिकराम डुम्रे, सोम प्रसाद गुरुङ (युनिस) विजयी भएका छन् । अधिवेशनबाट आईसीसी सदस्यमा सुनिल रानाभाट र चिन्ता मणि सापकोटा विजयी भएका छन् ।