नेदरल्याण्ड / गैर आवासिय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद नेदरल्याण्डको आठौ आधिवेशन बाट श्रीराम कंडेल अध्यक्षमा र ठाकुर प्रसाद शर्मा (मनोहरी) आइ सि सि मा सर्वसम्मत हुनु भएको छ । श्रीराम कंडेलको नेत्रित्वमा चयन भएको कार्यसमितीले समस्त समाजलाई समेटेर सबैको अपनत्व र सहआस्थित्व कायन गरेको छ । नेपाली समाजका बिभिन्न तह र तप्काको सम्मानजनक प्रतिनिधित्व हुने गरि चयन भएको एतिहासिक कार्यसमिती नेपाली समाजको प्रतिविम्बकै रुपमा समावेशी ढंगले निर्माण गरिएको छ ।

नवनिर्वचित कार्यसमितिमा बारीष्ट उपाध्याक्षमा मिम पुर्जा, उपाध्यक्षमा क्रमस: अच्युत कट्टेल, हेम कुमार भुजेल, हिरामणी पराजुली (अशोक) , हिरन्य ओझा र कुश बज्गाइँ, महिला उपाध्यक्षमा बर्षा खड्का, माहा सचिवमा संघर्शसिल केसि र कोषाध्यक्षमा खेम सापकोटा निर्वचित हुनु भएको छ । हार्दिक बधाई तथा आभार व्यक्त
गैर आवासीय नेपाली संघ नेदरल्याण्ड्सको आठौं अधिवेसनलाई उपाध्यक्ष कुमार पन्त र कुल आचार्यले आम सर्वसम्मतीबाट यहाँको नेपाली सवै तहका नेपाली समुदायको भावाना र मर्मलाई संवोधन गर्दै आम सहमतिबाट निर्विरोध कार्यसमिति चयन हुने भएको छ ।

अनवरत तथा अथाहा प्रयासबाट समाजका सवै समुदायको अपनत्व महसुस हुने कोही असफल हुन नपर्ने वातावरण सिर्जना हुनु सवैको जित भएको अवस्था हो । यहाँका सामाजिक अभियन्ता, अग्रज, नेपाली संघसंस्था तथा समग्र नेपाली सम’दाय प्रति हार्दिक बधाई तथा आभार व्यक्त गर्दछ ।
एनआरएनएको संस्थागत विकास, नेपाली समाजको हित र साझा सवालहरुमा हातेमालो गरेर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे नबनिर्वाचित कार्यसमितिलाई शुभकामना दिए ।


