मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनए जापानको अध्यक्षमा देबिलाल भण्डारी बिजयी (मत परिणामसहित)

आइतबार, भाद्र २२ २०७६

टोकियो, २२ भाद्र । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा देबिलाल भण्डारी बिजयी हुनु भएको छ । गैरआवासीय नेपाली संघ (एन आर एन ए ) जापानको नबौ अधिबेशनबाट निबर्तमान बरिष्ठ उपाध्यक्ष बिजय हुनु भएको हो ।

उहाले ५८५ मत ल्याएर बिजयी हुनु भएको हो भने उहाका प्रतिदोन्दी निबर्तमान अघ्यक्ष टासी वान्दी लामाले ५५३ मत ल्याई पराजित भएका छन् भने अरु दुई उम्मेदवार शिव पौडेल २४० र दिनेश गुरुङ ले २३३ ल्याई पराजित भएका छन् । अध्यक्षका एक प्रत्यासी किरण वर्माले उम्मेदारी फिर्ता लिनुभएको थियो ।

आइसिसी सदस्यामा एनआरएनए जापानबाट तुलसीराम खरेल र दण्डापाणि कँडेल ‘डिपी’ निर्विरोध चयन भइसकेका छन् । यसैगरी उपाध्यक्षमा अनिता गुरुङ निर्वाचित हुनुभएको छ भने महा-सचिवमा जनक विक्रम शाही र युवा संयोजकमा राम थापा निर्वाचित हुनुभएको छ । यसैगरी सचिवमा विष्णुप्रसाद घिमिरे र टीकाराम खरेल निर्विरोध चयन भएका छन् । कोषाध्यक्षमा कालिका थापा निर्विरोध चयन भएकी छन् । त्यसैगरी, सह -कोषाध्यक्षमा सचिन श्रेष्ठ निर्बाचित हुनु भएको छ ।

क्षेत्रतर्फ क्षेत्रीय सचिबमा बिकास बस्नेत निबाचित हुनु भएको छ भने क्षेत्रीय उपाध्यक्षमा दिपक केसी निर्वाचित हुनु भएको छ । त्यसैगरी, सदस्यमा राजेश खनाल, सुपेन्द्र घिसिङ, बाबुराम खराल कटवाल, महेश कुमार, डिलाराम गैरे, सिबु थापा, जीन कुमार गुरुङ निर्वाचित भएका छ्न ।

केहि पदहरुमा भने पहिलै निर्विरोध भइ सकेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार