कतार,१७ मे २०२४ शुक्रबारका दिन नेपाली जनप्रगतिशील मञ्च राष्ट्रिय कमिटी कतारले उमसालाल अलिमा राजु छिनालको संयोजकत्वमा २५ सदस्यीय क्षेत्रीय कमिटी गठन गरेको छ ।
नेपाली जनप्रगतिशील मञ्च राष्ट्रिय समिति कतारको अधिवेशन पश्चात पहिलो बैठकले एकपदाधिकारी एक क्षेत्रीय समिति एक सल्लाहकार एक क्षेत्रीय समिति र एक सदस्य एक एकाइ समिति गठन गरि संगठन निर्माण गर्ने अभियानलाई आत्मासाथ गर्दै मञ्चका कोषाध्यक्ष जिवन न्यौपाने र राष्ट्रिय समितीका कार्यसमिति सदस्य हरि बहादुर रावलको अगुवाइमा क्षेत्रीय समिती गठन गरिएको हो ।
कार्यक्रम राजु छिनालको संयोजकत्वमा भएको थियो भने मञ्चका उपाध्यक्ष बिकाश गैरे प्रमुख अतिथी रहेका थिए ।
प्रमुख अतिथी गैरेले कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली जनप्रगतिशील मञ्च मजदूरहरुको संगठन भएकोले कतारमा छरिएर रहेका सम्पुर्ण मजदुरहरुलाई एकै ठाउमा आउन आग्रह गरेका छन । मञ्च प्रवासमा रहेर पनि मजदुरहरुको मुद्दालाई प्रमुख एजेण्डा बनाइ अगाडि बढेको र उनिहरुकै हक हित र अधिकारको निम्ति अहोरत्र खटिएको हुनाले सम्पुर्ण मजदुरहरुको समस्यालाई नजिकबाट नियालेको बताउदै जनप्रगतिशील मञ्चले भन्दा अरुले श्रमिकहरुलाई बुझ्न नसक्ने पनि ठोकुवा गरेका छन ।उनले भनेका छन बरु हामी एक्लै बनौ तर जहाँ हुन्छौ तेहिबाट संगठन निर्माण गर्न सुरु गरौ । उनले कम्युनिस्ट सिद्धान्त र पथ बारे पनि दर्साएका थिए भने नेपालको समसामयिक राजनीतिक अवस्था र नेतृत्व बारे पनि प्रष्ट पर्दै यस भेला बाट क्षेत्रीय समितिमा आउने सम्पुर्ण पदाधिकारी तथा सम्पुर्ण क्षेत्रीय समिती सदस्यहरुलाई शुभकामना दिदै मञ्च सदैव अभिभावकको भुमिकामा रहने प्रतिबद्धता पनि व्यक्त गरेका थिए ।
मञ्चका कोषाध्यक्ष जीवन न्यौपानेले स्वागत मन्तव्य राखेका थिए भने केन्द्रीय सदस्य हरि बहादुर रावलले कार्यक्रमको सहजीकरण गरेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च उमसालाल अलि क्षेत्रीय समिती ।
हरि बहादुर रावल (हरिस) – ईन्चार्ज
राजु छिनाल -संयोजक
गोरख बिष्ट – सहसंयोजक
बिनराम रावल – सहसंयोजक
यलिस साप्कोटा – सहसंयोजक
मनोज कुमार झा -सदस्य हासचिव
मनोज नेपाली -कोष संयोजक
समीर मिक्रानि – सदस्य
मिलन लामा -सदस्य
सन्तोष पौडेल -सदस्य
डम्बर साउथ -सदस्य
नन्द लाल नेपाली -सदस्य
राजकुमार तामाङ -सदस्य
सन्तोस काम्फ्ले -सदस्य
प्रकाश रसाइली -सदस्य
प्रेम नेपाली-सदस्य
उपदेश राई -सदस्य
अभिषेक चौधरी -सदस्य
बिरेन्द्र नेपाली -सदस्य
गणेश प्रकाश के सि -सदस्य
हेम लिम्बु -सदस्य
अप्जल अन्सारी -सदस्य
मान बहादुर चन्द-सदस्य
आशिष् गिरि -सदस्य
पुस्प देभकोटा -सदस्य
बम बाहादुर -सदस्य