जापान । एनआरएनए जापानको नवाैँ महाधिवेशन अवसरमा विशेष अतिथिको मन्तव्य व्यक्त गर्दै आईसीसी अध्यक्ष भट्टले आॉफुले घले अध्यक्ष रहेको कार्यकालमा अधुरा कामलाई निर्रन्तरता संगै नयॉं कामहरुको पनि थालनी गरेको बताउनु भएको छ सोहि अबसरमा विदेशमा रहेर नेपालमा जस्तो राजनीतिक कार्य भन्दपनि आफनो क्षमता तथा समयअनुसार नेतृत्वमा आउन सवैलाई आग्रह गर्नुभएको हो ।


आफ्नो दक्षता क्षमता अनुसारको समय संस्थालाई दिएमात्र संस्थाले समग्र विदेशमा रहेका नेपालीलाई साथ र सहयोग गर्न सक्छ भन्नुभयो । एन आर एन ए मा अब अन्तराष्ट्रिय समन्वय समिति आईसीसीबाट राष्ट्रिय समन्वय समिति एनसीसीसम्म एक नेतृत्वबाट अर्कोमा हस्तान्तरण हुदाँ पुराना कामलाई नयाँले निरन्तरता दिने परिपाटीको थालनी गरिने बताउनु भयो । नयाँ नेतृत्वले पुरानो काम छाडदै जादाँ संस्था प्रति गुनासो बढेको कारण देखाउदै यसको थालनी आफनो कार्यमा लागु गरेको धारणा राख्नुभयो ।

यस्तै एनसीसीले पनि आगामी दिनमा यसरी नै काम गर्ने नयाँ विधान तयार हुने उहाँको धारणा थियो। कुनैपनि परियोजना वा कार्यक्रम सम्पन्न गर्न नेतृत्वको एकजनाले भन्दापनि सवैको चासो हुनु पर्ने भन्दै उहाँले एक नेपालीले अर्को नेपालीलाई साथ र सहयोग गर्ने मुल मन्त्र नभुल्न आग्रह गर्नुभयो ।

समारोहमा उहाँले हाल आईसीसीले नेपाल सरकारका धेरै कार्यक्रममा हातेमाले गरेर अगाडी बढेको जानकारी दिनुभयो । आगामी सन् २०२० लाई नेपाल सरकारले पर्यटन वर्ष घोषणा गरेकाले यसको प्रभावकारी कार्यान्वयका लागि विदेशमा रहेका नेपालीको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभएको थियो ।

समारोहमा प्रमुख अतिथि जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले जापानमा रहदाँ नेपालीहरुले यहाँको कला संस्कृति र अन्य नियमलाई पालना गर्दै रहेक नेपालीले आफनो पहिचान नेपाली भएको गराउन एकले अर्कालाई साथ दिनुपर्ने बेला आएको धारणा राख्नुभयो । जहाँ जे-जस्तो अवस्थामा रहेपनि नेपाल र नेपाली प्रति सम्मान जगाउने किसिमको गर्न आग्रह गर्नुभयो ।

सोही अवसरमा सहभागिता जनाउनु भएका एन आर एन ए आईसीसी उपाध्यक्ष कुल आचार्यले एन आर एन ए अभियानमा जापानको सधै महत्वपूर्ण सहभागिता र भूमिका रहने गरेको भन्दै उहाँले संस्थाको गरिमा कायम राख्न सवै एकजुट हुनु पर्ने धारणा राख्नुभयो ।
त्यसैगरी, समारोहमा जापान भ्रमणमा रहनुभएका नेपाली चलचित्रका चर्चित नायक राजेश हमालले विदेशमा रहदाँ त्यहाँको भाषा, संस्कृति र भेषभुषाबारे धेरैभन्दा धेरै जानकार हुन नेपालीहरुमा आग्रह गर्नुभयो । आफनो विशेष मन्तव्य राख्दै नायक हमालले जहाँ रहेपनि केहीनकेही विषयमा दक्ष भएर काम गर्न सवैमा आग्रह गर्नुभयो ।

सोही अवसरमा एन आर एन ए प्रवक्ता भूषण घिमिरे, आईसीसी एसिया प्यासिफिक संयोजक किरणविक्रम थापा, आईसीसी युवा संयोजक सुदन थापा, आईसीसी एसिया प्यासिफिक उपसंयोजक पारसमणी पोखरेल, आईसीसी पूर्व प्रवक्ता मन केसी, एनआरएनए जापानका पूर्व अध्यक्षद्धय ओम गुरुङ, रोशन केसी, आईसीसी सदस्यहरु कपिलदेव थापा, टंक गैरे, डिलाराम खरेल, केशर गिरी र महेशकुमार श्रेष्ठ, प्रवासी नेपाली एकता मंच जापानका महेन्द्र श्रेष्ठ, हवलचन्द्र लामा, जनजाति महासंघ जापानका अध्यक्ष सुमन लिम्वु र नेपालपत्रकार महासंघ जापानका अध्यक्ष मोहन घलेले अधिवेशन सफलताको शुभकामनासंगै आगामी नयाँ नेतृत्वले जापानवासी नेपालीहरुको मनजित्ने काम गर्न आग्रह गर्नुभयो ।

महासचिव बुद्धिराज घिमिरेले संचालन गर्नुभएको कार्यक्रममा अध्यक्ष टासी वाङदी लामाले आफनो दुई वर्षे कार्यकालमा एकसय तीस नेपाली विद्यार्थीहरुका लागि छात्रवृति कार्यक्रम लगायतका धेरै महत्वपूर्ण कार्यमा साथ र सहयोग गर्ने सवैमा धन्यवाद दिनुभयो थियो ।

यसअघि गैरआवासीय अभियानमा कलम चलाउने दुई संचारकर्मीहरुलाई विशेष सम्मान गरिएको थियो । नेपाल जापान डटकमका सम्पादक आनन्द कोइराला र नेपाल न्यूज पोष्टका सम्पादक राजन गौतमलाई सम्मान गरिएको थियो भने कार्यसमितिमा उत्कृष्ठ कार्यगर्ने सदस्य श्रृजना पाण्डे सहित क्युसु क्षेत्रका सचिव लक्ष्मण बानियाँ र कान्तो संयोजक नवीन निउरेलाई समेत सम्मान गरिएको थियो ।

पहिलो उदघाटन सत्रपश्चात भएको बन्दसत्र कार्यक उदघाटन सत्रपश्चात भएको बन्दसत्र कार्यक्रममा महासचिव तथा कोषाध्यक्षले राख्नुभएको प्रतिवेदन सर्वसम्मतले पास भएको थियो । आगामी आईतबार हुने निर्वाचनले अध्यक्ष सहित एनआरएनए जापानको नयाँ कार्य समिति चयन गर्ने कार्यतालिका रहेको छ। केही महत्वपूर्ण पदमा निर्विरोध चयन भएपनि अध्यक्ष, महासचिव र सह-कोषाध्यक्ष, युवा संयोजक, क्षेत्रिय तर्फका सचिव र सदस्य लगायतका पदमा निर्वाचनबाट नेतृत्व चयन हुने तयारी गरिएको छ ।


