मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

साहित्यप्रेमी तथा समाजसेवी मणी नेपाली पनेरुको योगदान, विधुतीय श्रोत केन्द्र ‘साहित्य सागर डटनेट’ वेव साइटको लोकार्पण (फोटोफिचर)

शनिबार, भाद्र २१ २०७६

क्यालिफोर्निया प्रतिनिधी / गैर आवाशिय नेपाली संघ अन्तरराष्ट्रिय सवन्वय परिषदको प्रथम अन्तरष्ट्रिय भाषा तथा साहित्य सम्मेलनको एक भव्य समारोहको वीच नेपाली भाषा र साहित्य सम्बन्धी विध्युतीय श्रोत केन्द्रको रुपमा साहित्यसागर डट नेट www.sahityasagar.net  वेव साइटको लोकार्पण भएको छ।

 

अध्ययन गर्ने विध्यार्थिहरु र अनुसन्धाताहरुको लागि अत्यन्त उपयोगी र सर्व साधरणलाई पनि उत्तिकै फाईदाजनक सो वेव साइटको नेपाल प्रज्ञा प्रतिस्ठानका कुलपती गंगा प्रसाद उप्रेती, काब्य विभागका प्रमुख डा हेम नाथ पौडेल, एन आर एन ए आई सि सि उपाधक्ष सपिला राजभण्डारी, एन आर एन ए आई सि सि अमेरिकाजका क्षेत्रिय सँयोजक गौरी जोशी, एन आर एन ए अतरराष्ट्रिय सवन्वय परिषदका कोषाधक्ष तथा सोही संस्थाका नेपाली भाषा साहित्य उपसमिती का सल्लाहकार हिक्मत थापा तथा सो कार्यक्रमका सभापति तथा NRNA ICC भाषा साहित्य उपसमितिका सँयोजक गोविन्द प्रसाद गौतमले संयुक्त रुपमा लोकार्पण गर्नु भएको थियो। यो वेव साइट NRNA ICC नेपाली भाषा तथा साहित्य उप समितीका सदस्य मणी नेपाली पनेरुले समितिको मार्ग दर्शन, प्रेरणा र सहयोगबाट आफ्नै खर्चमा स्थापित गर्नु भएको हो।


लोकार्पण गर्नु पूर्व सो वेव साइटको मर्म, उपादेयता तथा प्रयोग गर्ने तरिका बारेमा वेव साइट संचालक मणी नेपाली पनेरुले सटिक जानकारी दिनु भएको थियो। सो वेव साइटलाई नेपाली भाषा, नेपाली साहित्य नेपाली सर्जकहरु तथा भाषा तथा साहित्य समानधी श्रोत सामाग्री तथा लिन्क राख्नुका साथसाथै नेपाली साहित्यसङ्ग अन्योन्याश्रित सम्वन्ध भएको अङ्रेजी भाषा र हिन्दी भाषा साहित्यको समेत उपयोगी लिन्कहरु राखिएका छन। सो वेसाइटमा, साहित्यिक गतिविधिका प्रतिवेदन तथा समाचारहरु, फोटो, भिडियो, वाल पृष्‍ठ, नारी पृष्‍ठ, व्यवशाय पृष्‍ठ, क्लासिफाइड पृष्‍ठ तथा बल्घरु रहने छन। सो वेव साइटले बर्ष भरी प्रकासित हुने वाल साहित्य का वाल लेखकहरु मध्य सर्वोत्क्रिष्ट वालकलाई पुरस्क्रित गरिने छ। सो वेव साइटमा प्रकासित गर्ने, वाल बालिका लगायत सम्पूर्ण वीधाका लेखकहरुमा रचनाहरु पठाउन र नेपाली भाषा र साहित्य सम्बन्धी कुनै पनिगतीविधी वा यु ट्युब भिडियोका लिन्क हरु पठाउन आवहान गरिएको छ।

 

प्रथम अन्तरराष्ट्रिय नेपाली भाषा साहित्य सम्मेलनमा एन् अ आर एन ए आई सि सि र एन् सि सि अमेरिका तथा क्यानडाका पदाधिकारीहरु र बिभिन्न देशहरुबाट कविहरु सहभागी हुनुहुन्थ्यो भने अन्य महत्वपूर्ण व्यक्तितहरुको गरिमामय सहभागीता थियो। पहिलो दिनको सभापतित्व एन् आर एन् ए मासाच्युसेटसका अध्यक्ष प्रेम तामाङ र दोश्रो दिनको सभापतित्व नेपाली भाषा साहित्य उपसमितिकाका सँयोजक गोविन्द प्रसाद गौतमले सभापतित्व गर्नु भएको थियो दुबै दिनका प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिस्ठानका कुल्पती डा गङ्गा प्रसाद उप्रेती हुहुहुन्थ्यो भने मुख्य कार्यक्रमका संचालन सो कार्यक्रमका प्रचार सन्योजक तथा एन आर एन ए एन सि सि यु एस् का उपाधक्ष सर्वज्ञ वाग्लेले गर्नु भएको थियो।

औपचारिक कार्यक्रम २ दिन भए पनि कार्यक्रमको पूर्व सन्ध्यामा परिचय कार्यक्रम तथा रात्री भोज, साँस्क्रितिक कार्यक्रम, र कार्यक्रमको भोलिपल्ट महत्वपूर्ण अतिथिहरुको लागि ऐतिहासिक बोस्टन शहरको दृष्‍यावलोकन गराईेको थियो। कार्यक्रम न्यु इङ्ल्यान्ड निवासी नेपालीहरुको अथक प्रयासमा किनिएको आफ्नै कम्युनिटी सेन्टर भवनमा सम्पन्न भएको थियो। कार्यक्रम भव्य, सभ्य र ऐतिहासिक भएको सहभागीहरुले बताए।

 

प्रतिक्रिया
सम्बन्धित समाचार