मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

एनआरएनए साउदी अरबको अध्यक्षमा तेज बहादुर थापा निर्विरोध निर्वाचित, केन्द्रीय उपाध्यक्ष कुमार पन्तले दिए बधाई तथा शुभकामना

शनिबार, भाद्र २१ २०७६

साउदी अरव, २१ भदौ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) साउदी अरवको सातौ अधिवेशनले तेज बहादुर थापाको अध्यक्षमा निर्विरोध कार्यसमिति निर्वाचीत गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा धुव्र कुमार रिजाल, उपाध्यक्षहरुमा विशाल कुमार श्रेष्ठ, रोशन कुमार श्रेष्ठ र भोला नाथ पौडेल , महासचिवमा उमेश भट्राई, कोषाध्यक्षमा सन्तोष लुइँटेल, सहकोषाध्यक्षमा योगेन्द्र बहादुर श्रेष्ठ, महिला संयोजकमा रविना अर्याल, युवा संयोजकमा राज कुमार श्रेष्ठ निर्वाचीत हुनुभएको छ । उता एक उपाध्यक्ष र एक सहकोषाध्क्षको पद भने रिक्त भएको छ ।

त्यस्तैगरि, सदस्यहरुमा बालकृष्ण पंगेनी, भक्त विर राई, नरेन्द्र बहादुर कार्की, विष्णु प्रसाद पोखरेल, राम जतन यादव, मुशेक कुमार सिंह, चन्द्रमणी भण्डारी, सत्या नारायणी केसी, मनीष कोइराला, विष्णु प्रसाद न्यौपाने, राम बहादुर क्षेत्री र कर्ण विर थापा निर्वाचीत हुनुभएको छ । आइसिसी सदस्यमा भने दुई जनाको उम्मेदवारी परेपछि यही १३ सेक्टेम्बरमा निर्वाचन तोकिएको छ । आइसिसी सदस्यहरुमा नारायण पासवान र उषा न्यौपाने (केसी ) को उम्मेदवारी परेको छ । कार्यक्रममा आइसिसीको तर्फबाट अध्यक्षको उम्मेदवार कुमार पन्त सहभागि हुनुहुन्थ्यो । नवनिर्वाचीत कार्यसमितिलाई आइसिसी उपाध्यक्ष कुमार पन्तले शपथ खुवाउनुभएको थियो
कार्यक्रम एनआरएनए आइसिसीका उपाध्यक्ष कुमार पन्तको अध्यक्षतामा भएको थियो । पन्तले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिदैं साउदीको तातो घाममा हेर पनि देश विकासका लागि रेमिट्यान्स पठाएर सहयोग गर्ने सबै नेपालीलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार