आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

एनआरएनए एनसीसी कतारको नवनिर्वाचित कार्यसमितिलाई नेपाली प्रवासी मञ्च कतारले गर्यो स्वागत कार्यक्रम, अध्यक्ष पोखरेलले दिए कामदारका पक्षमा काम गर्न सुझाव (फोटोफिचर)

बिहिबार, भाद्र १९ २०७६

कतार (जस)–नेपाली प्रवासी मञ्च कतारले गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतारको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेको छ । मञ्चले स्वागत कार्यक्रम आयोजना गरि एनसिसी कतारको निर्वाचनबाट बिजयी भएका मोहम्मद मुक्तदा नवनिर्वाचित कार्यसमितिलाई स्वागत गरेको हो ।


मञ्चका अध्यक्ष चानक पोखरेलले मुक्तदा समूहको जीत भनेको समग्र कतारबासी नेपालीको जित भएको बताउँदै नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरे । ‘यो कार्यसमितिले एनआरएनएको मर्म र उद्दशय अनुरुप काम गर्दै कतारमा रहेका नेपाली, व्यवसायी, कामदार तथा सम्पूर्ण नेपाली समाजको हितमा काम गर्नेछ भन्ने हाम्रो आशा र अपेक्षा छ । यसमा यहाँहरु आजैदेखि लाग्नुहोस र पहिले भन्दा फरक ढंगले नेपलीको हितमा काम गर्नुहोस’, पोखरेलले भने ।

अध्यक्ष पोखरेलले मञ्चले सहयोग गरेका सबै उम्मेदवारलाई बिजय गराउन आफूलगायत सिङ्गो सङ्गठन लागिपरेको बताउँदै आफुहरु सफल पनि भएको बताउँदै नवनिर्वाचित कार्यसमितिले सबैलाई समेटेर कतारमा रहेका सबै नेपालीको हितमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए । । उनले निर्वाचनमा रातदिन नभनी सहयोग गर्ने सबै सहकर्मी साथीहरु कतारमा रहेका सबै संघ संस्थाका प्रतिनिधिहरु र कतारमा रहेका सबै नेपाली दाजुभाइ दिदीबहिनीलाई धन्यवाद व्यक्त गरे । कार्यक्रममा कतारसिथत विभिन्न प्रवासी संगठनाका अध्यष तथा प्रतिनिधहिरुले मुक्तदा समूहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

कार्यक्रममा मञ्चकातर्फबाट निर्वाचन परिचालन कमिटकिा प्रमुख सन्दीपकुमार ओलीले मुक्तदा समूहलाई बिजयी गराउन एकताबद्ध भएका सबै संघसंस्थाहरु तथा प्रवासी संगठनहरुलाई धन्यबाद दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार