मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

सिमाक्षेत्रको कारोबार सक्रिय पार्न व्यापारीहरुको जमघट

मंगलबार, भाद्र १७ २०७६

आलोक यादव
लहान, १७ भदौ– नेपाल भारत सिमाक्षेत्रमा बढ्दो तस्करीलाई नियन्त्रण गर्न प्रहरी सक्रिय भएपछि तस्करहरुलाई छटपट्हाट हुन थालेको छ । तेस्रो मुलुकको मालसमान नेपालबाट भारत र भारतबाट भन्सार छली गरी विभिन्न उत्पादन नेपाल भित्रिदै आएको थियो ।
नेपालबाट तेस्रो मुलुकको मरिच, स्याउ, मटर, लहसुन र भारतीय कम्पनीकै नेपालमा उत्पादन हुने फेयर एण्ड लव्ली अवैद्य रुपमा भारत निर्यात गर्दै आएका थिए । यो सँगै विहारमा प्रतिबन्ध रहेको रक्सी नेपालबाट पठाउँने गरेको थियो ।
भारतबाट कपडा, इलेक्ट्रोनिक्स समान, किराना समानलगायत विभिन्न उत्पादन भन्सार छली गरी नेपाल भित्रियाउँदै आएको थियो ।
करिब चार महिनादेखि सिराहाका पत्रकारहरुले ‘मिशन बोर्डर’ लेख्दै आएपछि प्रहरीको निगरानी कडा हुन थालेको छ । प्रहरीको सक्रियता यसअघि पनि कसिलो नै रहेको दावी छ ।


प्रहरीको निगरानी बढेपछि हालसम्म करोडौको अवैध मालसमान बरामद गरी भन्सारमा बुझाएको छ । हालै आएका सिराहाका एसपी उमाप्रसाद चतुर्वेदीले सिमाक्षेत्रमा झन कडा गर्न थालेपछि लहानका एक नामुद व्यापारी प्रदेश २ का प्रहरीमा गुहार गरेको खुलासा भएको छ । प्रदेश २ का उच्च प्रहरीले समेत यस्ता कारोबारमा सहयोग नगर्ने भएको जानकारीमा आएको छ । सिमाक्षेत्रमा प्रहरीले कडाई बढाएपछि भदौ १४ गते सिरहाभरीका नामुद व्यापारी र हुलाकीमार्गमा पर्ने पालिका जनप्रतिनिधिहरुको भेला लहानमा गरेको छ । गोधुली होटलमा गरिएको सो भेलाको आयोजना जिल्ला उद्योग वाणिज्य सँघ लहानले गरिदिएको जानकारीमा आएको छ । सिमाक्षेत्रमा कारोबार गर्ने व्यापारीहरुले सो भेलामा दशैं तिहारसम्मको लागि खुला गरिदिन प्रहरीलाई दवाव दिने छलफल गरेको छ । समाजिक सँजालमा सो बैठकको फोटो राख्दै एक व्यापारीले सिराहाको दक्षिण सिमा क्षेत्रका व्यावसायीले भोग्नु परेको समस्यावारे प्रदेश साँसद, पालिका प्रमुख, स्थानीय सँघसँस्था र व्यावसायीहरुसँग छलफल गरेकाे उल्लेख गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार