आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

श्रमिक मुद्दा पहिलो प्राथमिकता हुनेछः कुमार पन्त

शनिबार, भाद्र १४ २०७६

दोहा, गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी कुमार पन्तले गैरआवासीय नेपाली संघ मध्यपूर्वको श्रमबजारमा रहेका नेपालीको समस्या सम्बोधन र अधिकारका लागि प्रतिबद्ध रहेको बताउनुभएको छ । कतारको दोहामा आयोजित गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै पन्तले मध्यपूर्वको श्रम बजारमा रहेका नेपालीको समस्या समाधान, हकहित र अधिकारको सवाल संघको पहिलो प्राथमिकतामा रहेको बताउनुभएको हो ।

नेपालको अर्थतन्त्रको ३५ प्रतिशत भन्दा बढी हिस्सा नेपाली श्रमिकले पठाएको रेमिट्यान्सले ओगटेको छ, उहाँले भन्नुभयो, मुलुकको अर्थतन्त्रमा यतिको योगदान गर्ने श्रमिकको आधार क्षेत्र यो, यो क्षेत्रका श्रामिकका बारेमा अब सोच्ने कि नसोच्ने र?” मध्यपूर्वमा दिनरात नभनि खटेका श्रमिकले नेपालमा पठाएको पूँजी अनुत्पादक क्षेत्रमा खर्च भइरहेकोप्रति सचेत गराउँदै पन्तले सो पूँजीलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुभयो । मध्यपूर्वमा रहेका नेपालीले सिकेका ज्ञान, सीप र प्रविधिलाई समेत नेपालको श्रम बजारमा प्रयोग गर्न सकिने आधार निर्माणका लागि संघ प्रतिबद्ध रहेको उहाँको भनाई थियो । त्यसका लागि एकद्धार नीति अर्थात सामुहिक लगानीका लागि उहाँले सबैको ध्यानाकर्षण गराउनुभयो ।

फरक प्रसंगमा उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी पन्तले गैरआवासीय नेपालीको लागि सदस्यता निशुल्क गर्नुपर्नेमा जोड दिनुभयो । नेपालीले जसरी बिना शुल्क नागरिकता प्राप्त गर्छ, “उहाँले भन्नुभयो त्यसरी नै गैरआवासीय नेपालीले पनि बिना शुल्क सदस्यतापत्र प्राप्त गर्न सक्ने वातावरण तयार गर्नुपर्छ ।”

साथै, एनआरएनए कतारको अधिवेसन सम्पन्न भएपछि एनआरएनए मलेसियाको अधिवेशनकोलागि मलेसिया पुगेका एनआरएनएका उपाध्यक्ष कुमारपन्तले नेपालको अर्थतन्त्र धान्ने प्रमुख आधार रेमिट्यान्सको प्रमुख स्रोत मलेसियामा श्रमरत नेपालीहरूको हकहितकोलागि एनआरएनएले उचिक कल्याणकारी काम गर्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार