आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

कतारमा एनआरएनए कतारको आठौं अधिबेशनको रौनक, एनआरएनए आईसीसी नेतृत्वका शिर्ष नेताहरु कतार आईपुगे (फोटोफिचर)

बिहिबार, भाद्र १२ २०७६

कतार (जस)– कतारमा शुक्रबार हुने गैरआासीय नेपाली संघ (एनआरएनए) एनसीसी कतारको आठौं अधिबेशनको रौनक छाएको छ । महाधिवेशनका लागि एनआरएनए आईसीसी नेतृत्वका शिर्ष नेताहरु कतार आईपुगेका छन । एनआरएनए आईसीसी उपाध्यक्ष एबम आगामी अधिबेशनमा अध्यक्षका उम्मेदवार कुमार पन्त र कुल आचार्य, महासचिव बद्री केसि, सचिब डिबि क्षेत्री र जानकी गुरुङ, एनआरएनए ओसेनिया संयोजक धर्मराज अधिकारी, एनआरएनए पुर्ब प्रबक्ता हेमराज शर्मा, एनआरएनए युएईबाट आईसीसी सदस्य मनोज गोर्खाली, एनआरएनए साउदी अरबबाट आईसीसी सदस्य राजु सैयद, एनआरएनए युकेबाट योगेन क्षेत्री, एनआरएनए अष्ट्रेलियाबाट स्वतन्त्र प्रताप शाहलगायत नेताहरु कतार आईपुगेका छन ।


अधिबेशनको तयारी अन्तिम अबस्थामा पुगेको एनआरएनए कतारका निबर्तमान अध्यक्ष नवीन पोखरेलले बताए । उनले अधिबेशन भब्य र सभ्य बनाउन आफु र आफ्नो कार्यसमितिहरु लागिपरेको बताए । एनआरएनए कतारको अधिबेशनमा आउने अतिथिहरुलाई मध्यपुर्ब संयोजक आरके शर्मा, सहसंयोजक प्रबिन गुरुङ, पुर्ब मध्यपुर्ब संयोजक नरेन्द्र भाट, आईसीसी सदस्य कुमार कार्की, बिमल सुबेदी, एनआरएनए कतारका अध्यक्ष नवीन पोखरेल, सहकोशाध्यक्ष खगबहादुर खत्री(यासिन मामा), युबा संयोजक माया केसि, युवा सहसंयोजक नारायण समाजसेवीले दोहा बिमानस्थलमा स्वागत गरेका थिए ।

एनसिसी) कतारको आठौं अधिबेशन बिशेष कार्यक्रमका साथ अगष्ट ३० मा दोहाको मिलेनियम होटेलमा हँुदैछ । एनआरएनए मध्यपुर्बका देशहरुमा एनसिसि कतारमा सबैभन्दा बढी सदस्यता रहेकोे छ । एनआरएनए कतारको गत २३ अगस्टमा सम्पन्न निर्वाचनबाट २०१९–२०२१ कार्यकालका लागि मोहम्मद मुक्तदा मुसलमान अध्यक्षमा निर्वाचित भएका छन । गत शुक्रबार सम्पन्न भएको निर्वाचनमा मुक्तदाले अध्यक्षमा अर्का प्रत्यासी तेज कटुवाललाई पराजित गरेका हुन् । उनले आफ्ना निकटतम प्रतिस्पर्धी तेज कटुवाललाई फराकिलो मतले पराजित गरेका थिए ।

प्रतिस्पर्धी कटुवालले प्राप्त गरेको १ हजार १ सय २६ मत प्राप्त गरेका थिए भने मुक्तदाले २ हजार ६६ मत प्राप्त गरेर बिजय भएका थिए । निर्वाचनबाट मुक्तदा समर्थक कार्यसमिति नै निर्वाचित भएको छ । अन्य पदमासमेत मुक्तदा समुहले नेतृत्व गरको उम्मेदवारहरू बिजय भएका छन् । निर्वाचनबाट आईसीसी सदस्यमा ४ जना विजयी भएका छन् । जसमा रमेश भट्ट, होमनाथ शर्मा, युवराज शर्मा र केबी हमाल रहेका छन् ।

यसैगरी प्रथम उपाध्यक्षमा मुक्तदा समुहकै उत्तम गुरुङ विजयी भएका छन् । उनले २ हजार १ सय ९३ मत ल्याएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नारायण भण्डारीले ८ सय ९० भोट ल्याएका थिए । द्वितीय उपाध्यक्षमा टंक कुमार खड्का विजयी भए । खड्काले २ हजार १ सय ५६ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी ईश्वर काफ्लेले ८ सय ८७ मत ल्याएका थिए । त्यस्तै महासचिवमा पदम गिरि विजयी भएका छन्। उनले १ हजार ९ सय ५ भोट प्राप्त गरे भने उनका निकटम प्रतिस्पर्धी माया केसीले १ हजार १ सय भोट ल्याएकी थिईन । सचिवमा अफ्सर खान र नेत्र भुजेल (नियम) विजयी भएका छन् । खानले १ हजार ९ सय ८८ र भुजेलले २ हजार ६ सय मत ल्याएका थिए । कोषाध्यक्षमा विनोद प्रसाद बसौला विजयी भए । उनले २ हजार ५९ भोट ल्याएका थिए भने प्रतिस्पर्धी राम प्रसाद गौतमले ८ सय १६ भोट ल्याएका थिए । सहकोषाध्यक्षमा तनबिर आलम विजयी भएका छन् । उनले १९ सय ४३ मत ल्याएका थिए भने निकटतम प्रतिस्पर्धी बुद्धबहादुर पाण्डेले १ हजार १ भोट ल्याएका थिए ।


युवा संयोजकमा रविन मगर विजयी भएका छन् । प्रतिस्पर्धी श्याम कुमार डाँगीले ल्याएको ७ सय ४६ मतभन्दा १५ सय ३० भोट बढी प्राप्त गर्दे मगरले जित्न सफल भएका थिए । महिला उपाध्यक्षमा सरिता भण्डारी र महिला संयोजकमा अम्बिका खत्री यसअघि नै निर्विरोध निर्बा्चित भएका थिए। विजयी हुने सबै मुक्तदा समूहकै उम्मेदवार हुन् । यस्तै विजयी सदस्यहरुमा गजेन्द्र राई , सुनिल कुमार घिमिरे , केशव राज कार्की , ओम बहादुर क्षत्री (सन्तोष क्षत्री), केशव प्रसाद खनाल, गोपाल खतिवडा, नरेश श्रेष्ठ, राजु राई, ज्वाला शाही, झविन्द्र आचार्य , घनश्याम जैशी, बालकृष्ण न्यौपाने, अवधेश कुमार मण्डल, अव्दुल खालिङ शेख, सेवक वि.क, संजय रजक, शेख अव्दुल राजिक, मो.सकिल अहमद रहेका छन् । यस्तै लेखा संयोजकमा मुख्तार आलम, लेखा सदस्यमा कबिन्द्र कँडेल र पुरुषोत्तम लामिछाने विजयी भएका छन् । निर्वाचन दोहास्थित नेपाली राजदूतावासमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार