काठमाडौं । नवलपरासि सेवा समाज कतारको तेश्रो अधिबेसन सम्पन्न भएको छ । न्यु सलाता स्थित कतार च्यारिटी को शभाहलमा सम्पन्न तेश्रो अधिबेशनको बन्द सत्रबाट अध्यक्षमा दुर्गा हमाल सर्वसहमतले चुनिएका छन । कार्यसमितिको उपाध्यक्षमा नर बहादुर थापा, महासचिव चन्द्र लेङ्गे तमु, सचिव विष्णु शाही, कोषाध्यक्ष रामजी सुवेदी, सह–कोषाध्यक्ष कृष्ण क्षेत्री रहेका छन् भने कार्यसमिति सदस्यहरुमा क्रमस ,सद्धाम हुसेन, रमेश पुरी, रबिन अधिकारी, लोक प्रसाद न्यौपाने, मोनीका श्रेष्ठ, कमला भण्डारी, रुद्र न्यौपाने मानसिहं विक र रिता पौडेल सर्व सहमत निर्वाचित भएका छन् ।
निर्वाचन समितिका संयोजक केबी हमालले शुक्रबार सर्वसम्मत निर्वाचित कार्यसमितिलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका थिए । २३ फेब्रुअरी २०२४ शुक्रबारका दिन सम्पन्न अधिबेसन मा नेपाली नियोग कतार का नियोग उप प्रमुख कुमार राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रम्को अध्यक्ष समाजका अध्यक्ष कृष्ण पन्थी थिए ।
अधिवेशनमा आफ्नो शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि राईले नवलपरासी जिल्लाले विकासमा फराकिलो फड्को मारेको बताउँदै आफू नवलपरासी जिल्लाका केही भागको भ्रमण समेत गरेको र अत्यन्त महत्वपूर्ण जिल्ला रहेको बताए ।उनले कतारमा रहेको यस सामाजिक संस्थाले गरेको योगदानको प्रशंसा गर्दै उनले समाजबाट धेरै कुराको शिक्षा लिनुपर्ने बताए ।
कार्यक्रममा कतारमा स्थपित संघसस्थाहरुको बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रम अतिथिहरुको आसन ग्रहण पश्चात् प्रमुख अतिथिले कलसमा दियो बाली कार्यक्रमको उत्घाटनगरेका थिए । नेपाली राष्ट्रीय गान बाट सुरु भएको कार्यक्रममा कतारको राट्रीय गान सङ्गै नेपाली ज्ञत अज्ञात सहिदहरुप्रती श्रद्धाञ्जली स्वरुप एक मिनेट मौन धारण गरिएको थियो ।
कार्यक्रमको सुरुमै सस्थाका महासचिव तथा कार्यक्रम सन्चालक दुर्ग बहादुर हमालले सस्थाको बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्ने क्रमका बक्ताहरुले कार्यक्रम तथ सस्थाका अध्यक्ष पन्थिको कार्यको खुलेरै प्रशंसा गरेका थिए । पन्थी एनरएन एनसिसी कतारका प्रथम उपाध्यक्ष तथा श्रमिक बिभागका संयोजक पनि हुन ।
कार्यक्रम खुल्ला सत्र र बन्द सत्र गरि दुई चरणमा सन्चालन भएको थियो । खुल्ला सत्रको समापन गर्दै कार्यक्रम तथा समाजका अध्यक्ष पन्थिले समाजले श्रमिकलाई श्रमिक बाट मालिक बनाउने उद्देश्य ले अहिले १ लाखा ८७ हजार कतारी रियल ट्याक्सी र पसल(बकाला) मा लगानी गरेको बताए । पन्थेले थप्दै भने यश समाजले कतारमा कहिल्यै पनि मनोरञ्जनका कार्यक्रम नगर्ने र नवलपरासी जिल्लाको आर्थिक वृद्धि र चेतनामुलक कार्यक्रम मात्रै गर्ने बताएकाछन ।।
कार्यक्रममा समाजका प्रथम उपाध्यक्ष अमित बराईलीले स्वागत मन्तव्य राखेका थिए भने महासचिव दुर्गा हमालले कार्यक्रम्को सहजीकरण गरेका थिए ।