मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

आर्थिक अभावमा कतारको हस्पिटलमा छट्पटिदै साहनी

शनिबार, फाल्गुन ५ २०८०

बिकास गैरे -दोहा ,धनुषा जिल्ला मुखियापाटि गाउँपालिका वार्ड नम्बर ५ घर भएका राम चलितार साहनी, प्यारालाइस जस्तो जटिल रोगसँग लड्दै कतारको सरकारी अस्पताल हमादको सर्जिकल स्पेसलिस्ट सेन्टरमा उपचार गराइरहेका छ्न ।

१० जनवरिका दिन सुत्ने बेडको दोस्रो तलाबाट भुइँमा खस्न पुग्दा टाउकोमा गहिरो चोट लागेका कारण १ महिना सम्म बेहोस भएका थिए । घरमा आमा, श्रीमति र २ बच्चा रहेको र जेनतेन पारिवारिक खर्च धानीरहेका थिए साहनिले । तर अहिले पारिवारिक खर्च सम्म चलाउन समस्या रहेको उनी बताउछन । उनी रुदै भन्छन “सर मलाइ बचाइदिनुस मेरो घरमा साना साना बाल बच्चा ,श्रीमती र आमा हुनुहुन्छ सबैको बिजोग हुन्छ”।

वैदेशिक रोजगारिको शिलसिलामा २ बर्ष अगाडि कतार आएका साहनी, “सनुन ईन्जिनियरिङ ” कमपनीमा सामान्य मजदुरको रुपमा काम गर्दै आएका थिए । दुर्घटनाका कारण प्यारालाइसिस जस्तो जटिल रोगले समाए पछि पुनः काममा फर्कन सकेका छैनन । आफू कार्यरत कम्पनी बाट केहिपनि सहयोग नपाएपछि आर्थिक संकटमा परेको उनले एनसीसी कतारलाइ बताएका छन ।

दुर्घटना पछि साहनीलाई प्यारालाइस भएको र खाना समेत नलिको माध्यम बाट खाईरहेका छन । अहिले केहि सुधारउन्मुख रहेको एनसिसि कतारका प्रथम उपाध्यक्ष तथा श्रमिक बिभाग प्रमुख कृष्ण पन्थीले जानकारी गराएका छन ।

बिरामी “आर्थिक अभावमा” हस्पिटलको बेडमा छटपटिदै गरेको बारे साहनीको उपचारमा सम्लग्न डाक्टरले नेपाली कम्युनिटीलाई सुचना पुर्याउन आग्रह गरेका थिए र सोही सुचना पाए लगतै पीडितको अवस्था बुझ्न र भेट्न १५ फेब्रुअरी २०२४ का दिन एनआरएएन एनसिसि कतारका अध्यक्ष रमेश भट्ट र युवा संयोजक मेयर सिंह तामाङ सहित हमाद हस्पिटलमा पुगेको प्रथम उपाध्यक्ष पन्थीले जनसवाल रास्ट्रीय  दैनिक लाई जानकारी गराएका छन ।

बिरामी साहनीको उपचारको निम्ति कम्पनीले कुनै खर्च नदिएको र “हेल्थ कार्ड” पनि नभएको हुँदा उनको उपचार खर्चिलो र लामो समय चल्ने भएकोले थप आर्थिक श्रोतको लागि नेपाली दूतावास कतार मार्फत पिडित ब्याक्तीको कम्पनी लाई आग्रह गर्ने, सम्भावना नभए उपचार लगायत घरफिर्ताको लागि एनसीसी कतारले नै हेर्ने र श्रमिक बिभाग संयोजक समेत रहेका प्रथम उपाध्यक्ष पन्थीले बताए ।

केही समययता एनआरएनए एनसिसी कतारले यहाँ रहेका पीडित नेपाली श्रमिकहरुलाई सकेको आर्थिक,भौतिक,नैतिक सहयोग गर्न सक्रियताका साथ लागीपरेको देखिन्छ । बिदेशमा कहिकतै कुनै श्रमिक पीडित छ्न भने एनआरएनए कतारलाई खबर गर्नुहुन अध्यक्ष भट्ट र प्रथम उपाध्यक्ष पन्थीले आह्वान समेत गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार