बिकास गैरे /कतार, कतारको प्रगतीशील मजेरामा नेपाली जनप्रगतीशील मञ्च कतारले जनयुद्ध दिवसको अवसरमा शुभकामना आदानप्रदान तथा बिबिध सास्कृतिक कार्यक्रम गरि मनाएको छ । तत्कालीन नेकपा माओवादीले २०५२ फाल्गुन ०१ गतेका दिन ससस्त्र युद्ध शुरु गरेको दिनलाई स्मरण गर्दै जनयुद्ध दिवस मनाउने गर्दछन ।
मञ्चका अध्यक्ष बुद्धि प्रसाद भण्डारीको अध्यक्षतामा आयोजना गरीएको कार्यक्रमको प्रमुख अतिथिको रुपमा मञ्चका प्रमुख सल्लाहकार रमेश भट्ट रहेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी भट्टले नेपाल र नेपालीहरुको आमूल परिवर्तन ल्याउनको निम्ति ससस्त्र युद्ध गरेको आजको दिन लाई स्मरण गर्दै माओबादी आन्दोलनमा होमिएका सम्पुर्ण योद्धा हरुलाइ शुभकामना दिदै यसै आन्दोलनका क्रममा बिरगती प्राप्त गर्ने सम्पुर्ण सहिदहरुप्रती श्रद्धाञ्जली पनि प्रकट गरेका थिए । उनले भने “माओबदी आन्दोलनको उपलब्धि अझै पुर्ण भैसकेको छैन जती उपलब्ध भएको छ त्यो पनि अहिए संकटमा छ ,आज जनयुद्ध दिवस को बिदानै अदालतले बदर गर्यो भोलि गणतन्त्र बदरको प्रयास गर्ला तेसैले अब हामी माओबदी आन्दोलनमा लागेका क्रान्तीकारी कलम र आवाजको युद्ध निरन्तर राख्नु पर्छ” ।
कार्यक्रममा युद्धको शुरुआत देखि ससस्त्र युद्धको बटालिएन कमाण्ड सम्हालेका कमाण्डर देखि विभिन्न माओबादी आन्दोलनमा होमिएका नेता तथा कार्यकर्तहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमम नेकपा माओवादी प्रवास बिभाग नेपाली जनप्रगतीशील मञ्च प्रवास समन्वय समितिका सदस्य श्रीकृष्ण भाट्टराई र जैबि राईको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा अतिथिहरुको आसन ग्रहण पश्चात् नेपाली राष्ट्रिय गान र कतारको राष्ट्रिय गान सङ्गै पनि बजाइएको थियो भने विभिन्न काल खण्डमा सहादत प्राप्त गर्ने सहिदहरुपर्ती १ मिनेट मौन धारण गरि श्रदान्जली अर्पण गरिएको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथि भट्टले दियो बाली ब्यानर अनावरण गरि उद्घाटन गरेका थिए ।
कार्यक्रमको अन्तमा बोल्दै मञ्चका अध्यक्ष भण्डारिले भने देश र जनताको निम्ति प्राजा बाट लोक यानी जनता बनाउने ठूलो सपना सहित सुरुभएको जनयुद्ध आज २८ वर्ष पूरा भएको छ । हामिले धेरै उपलब्धहरु हासिल गरेकाछौ हाम्रा अझै धेरै एजेण्डाहरु सम्बोधन हुनै बाकी छ र छिट्टै सम्बोधन होस भन्ने आसा पनि गर्दछु । युद्ध र युद्ध पश्चातको विभिन्न आन्दोलन र विभिन्न कालखण्डमा साहदात प्रप्त गर्नेहरुप्रती श्रद्धाञ्जली अर्पण गर्दै घाइते अपाङ्ग हरुको सिघ्रस्वास्थलाभ को कामना सहित उपस्थित सम्पुर्णलाइ धन्यवाद ज्ञपन गर्दै कार्यक्रमको समापन गरेका थिए ।
कार्यक्रममा मञ्चका उपाध्यक्ष प्रकाश आले मगरले स्वागत मन्तव्य गरेका थिए भने सचिव बिक्की गैरेले सहजिकरण गरेका थिए ।