मुम्बई(एजेन्सी)–बलिउड महानायक अमिताभ बच्चन आर्थिक वर्ष २०१८÷१९ को सबैभन्दा धेरै कर तिर्ने स्टार बनेका छन् । उनले यो वर्ष ७० करोड कर तिरेका छन् । अमिताभ बच्चनका प्रवक्ताका अनुसार उनले यो वर्ष सबै बलिउड कलाकारलाई पछाडि पार्दै सबैभन्दा धेरै कर तिर्ने कलाकार बनेका हुन् । साथै, उनी सबैभन्दा धेरै ब्राण्डको विज्ञापन गर्ने अभिनेता पनि हुन् । अमिताभले बिहारका २,०८४ जना किसानलाई आर्थिक मद्दत गरेका थिए । उनले पुलवामा भएको आतंककारी हमालामा शहीद भएकाका परिवारलाई जनही १० लाख आर्थिक सहायता गरेका थिए । अमिताभ अभिनित फिल्म भर्खरै रिलीज भएको ‘बदला’ ले पनि राम्रै कमाई गरेको थियो । साथै, छिट्टै अयान मुखर्जीको फिल्म ‘ब्रम्हास्त्र’ मा पनि देखिदैँछन् ।