बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

उपाधीका लागि उज्वेकिस्तान र किर्गिस्तान भिड्ने

बिहिबार, भाद्र ५ २०७६

<b>एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिता</b>
ललितपुर(जस)– एभीसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधिका लागि फाइनलमा उज्वेकिस्तान र किर्गिस्तान भिड्ने भएका छन् । बिहिबार सम्पन्न दुबै सेमिफाइनलमा आफ्ना प्रतिद्धन्द्धीलाई पराजित गर्दै उज्वेकिस्तान र किर्गिस्तानले फाइनल भेट पक्का गरेका हुन् । बिहीबार भएको पहिलो सेमिफाइनलमा तुर्कमेनिस्तानलाई हराउँदै किर्गिस्तान एभीसी सेन्ट्रल जोन पुरुष भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको हो। किर्गिस्तानले तुर्केमेनिस्तानलाई तीन–शून्यको सोझो सेटमा हरायो । लगनखेलस्थित आर्मीको कोर्टमा भएको खेलमा किर्गिस्तानले तुर्कमेनिस्तानलाई २५–१८, २५–१७ र २५–२२ सोझो सेटमा हरायो ।
पहिलो सेटदेखि नै दबाब सिर्जना गरेको किर्गिस्तानले पहिलो सेट २५–१८ ले जितेको थियो । दोस्रो सेटमा पनि तुर्कमेनिस्तानलाई खेलमा फर्कन नदिदै किर्गिस्तानले २५–१७ ले आफ्नो पक्षमा र्पायो । तेस्रो तथा अन्तिम सेटमा पनि किर्गिस्तान तुर्कमेनिस्तानमाथि हावी हुँदै २५–२२ ले जित्न सफल भयो ।

<b>माल्दिभ्सलाई हराउँदै उज्वेकिस्तान फाइनलमा</b>
कीर्गिस्तानले पाँचौ संस्करणको एभिसी एसियन सेन्ट्रल जोन सिनियर पुरुष भलिबल च्याम्पियनसिपमा उज्वेकिस्तानलाई फाइनलको प्रतिद्धन्द्घि पाएको छ । माल्दिभ्सलाई बिहीबार ३–० को सोझो सेटमा हराउँदै उज्वेकिस्तानले कीर्गिस्तानसँगको उपाधि भेट पक्का गरेको हो । कीर्गिस्तान र उज्वेकिस्तान च्याम्पियनसिपका दुई अपराजित टोली हुन् । लगनखेलस्थित नेपाली सेनाको कभर्ड हलमा उज्वेकिस्तानलाई २५–२०,२५–१९ ले हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो । अब माल्दिभ्सले भने तेस्रो स्थानका लागि तुर्केमेनिस्तानको सामना गर्नेछ । शनिबार फाइनल खेल हुनेछ । पहिलो र चौथो संस्करणको विजेता तुर्केमेनिस्तानले भने अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । च्याम्पियनसिपमा शुक्रबार नेपाल र अफगानिस्तानबीच पाँचौं स्थानका लागि तथा माल्दिभ्स र तुर्के्मिनिस्तानबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार