बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

यु१९ एसिया कपमा पुनरागमन गर्दै आसिफ,सुर्य र जोरा

बिहिबार, भाद्र ५ २०७६

काठमाण्डौं( जस)–आगामी सेप्टेम्बर पाँच देखि शुरु हुने यु१९ एसिया कपका लागि नेपाली टोलीको नाम सार्वजनिक गरिएको छ ।आज सार्वजनिक गरिएको १५ सदस्यिय टोलीमा विकेट किपर ब्याट्सम्यान आसिफ शेख, मध्यक्रमका ब्याट्सम्यान सन्दिप जोरा र बायाँ हाते स्पिनर सुर्य तामांगले टोलीमा पुनरागम गरेका छन् । जुलाईमा मलेसियामा सम्पन्न एसिया कप छनोटमा प्रशिक्षक बिनोद दासले उनीहरुलाई बिश्राम दिएका थिए ।

त्यस्तै मलेसियामा भएको छनोटमा नेपालले उपाधि चुम्दा टोलीमा रहेका यु१६ का कप्तान विशाल बिक्रम केसी र तिलक भण्डारीले यस पटक भने टोलीमा स्थान बनाउन सकेकन् ।
श्रीलंकामा आयोजना हुने एसिया कपमा नेपाल आयोजक श्रीलंकासँगै बंगलादेश, युएई समुह बी मा रहेका छन् । नेपालले आफ्नो पहिलो खेल छ सेप्टेम्बरमा आयोजक श्रीलंकाको सामना गर्नेछ भने आठमा बंगलादेशसँग खेल्ने छ । त्यस्तै नेपालले समुह चरणको आफ्नो अन्तिम खेल युएईसँग सेप्टेम्बर १० मा खेल्ने छ ।
नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान)
असिफ शेख
पवन सर्राफ
रित गौतम
सन्दिप जोरा
भिम सार्की
हरि बहादुर चौहान
कुशल मल्ल
राशिद खान
कमल सिंह ऐरी
सागर ढकाल
खडक बोहरा
सुर्य तामांग
लोकेश बम
प्रतिस जिसी

प्रतिक्रिया
सम्बन्धित समाचार