काठमाडौँ(जस)–भारतको नयाँ दिल्लीमा शुक्रबारदेखि आयोजना हुने एम के क्लासिक ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिपमा लैनचौर तेक्वान्दो डोजाङले सहभागिता जनाउने भएको छ । २३ अगस्टबाट २५ अगस्टसम्म हुने च्याम्पियसिपमा लैनचौर तेक्वान्दोका ७ खेलाडीले आफ्नो चुनौती पेश गर्नेछन् । खेलाडीहरुमा ३३ केजीमुनि दिया रजक, ४३ केजीमुनि पुनम खत्री, ४४ केजीमुनि सुमिना खड्गी, ६३ केजीमुनि दिली सुनुवार, ६८ केजीमुनि सिजन श्रेष्ठ, ५८ केजीमुनि सुदिप तामाङ र २५ केजीमुनि सुशान्त भुजेल छन् ।
टिम प्रशिक्षकमा गौरव रजक, टिम प्रमुखमा सानुबाबु महर्जन, व्यवस्थापक विनोद सापकोटा, सहायक व्यवस्थापक दीपक बस्ताकोटी र रेफ्रीमा रमिला खत्री छिन् । १२ सदस्यीय टोलीलाई नेपाल तेक्वान्दो संघ ३ नम्वर प्रदेशका अध्यक्ष केशव पुरी, नेपाल पुलिसका पुर्व एआइजी माधव नेपाल लगायतले खेलाडीहरुलाई बिदाएै गरे । टोली बिहीबार त्यसतर्फ प्रस्थान गर्नेछ ।