काठमाडौं(जस)– साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिप प्रतियोगिताको पाँचौं संस्करण आज (बुधबार)देखि भारतमा सुरु भएको खेलमा भारतसँग नेपालले हार व्यहोरेको छ ।
भारतको कल्याणीमा रंगशालामा सुरु यू–१५ साफ फुटबल च्याम्पियनसिपको पहिलो खेलमा नेपालले भारतसँग ५–० को लज्जास्पद हार ब्यहोरेको हो ।
नेपालले हालसम्म यू–१५ को उपाधि जितेको छैन । प्रतियोगितामा नेपालसहित बंगलादेश, भारत, श्रीलंका र भुटान रहेका छन् । शीर्ष स्थानमा रहने दुई टोलीले फाइनल खेल्नेछन् ।