शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक आजदेखि, भारतीय विदेशमन्त्री जयशंकर आज आउँदैं

बुधबार, भाद्र ४ २०७६

काठमाडौं (जस)–भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भारत–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन आज नेपाल आउँदैछन् । नेपाल आउन लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ । आज ४ गते ११ वजेट ५५ मिनेटमा एयर इण्डियाबाट उनी नेपाल आउन लागेका हुन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा भाग लिन आउन लागेका मन्त्री जयशंकर नेपालमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, शेरबहादुर देउवा, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालका नेताहरुलाई छुट्टाछुट्टै भेट्ने कार्यक्रम रहेको छ ।
भदौं ४ गते आयोगको बैठकपछि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दिवा भोज दिनेछन् । त्यसपछि विदेश मन्त्रीले उच्चस्तरीय भेटघाट गर्ने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । नेपालस्थित भारतीय दूतावासले सोहीदिन रात्री भोज दिनेछ । जसमा प्रमुख राजनीतिक दलका शीर्षस्थ नेतालाई बोलाएको छ । त्यहाँ सामूहिक तथा एक्लाएक्लै भेटघाट हुने बताइएको छ । उनी भदौं ५ गते बिहानै भारत फर्किने कार्यक्रम रहेको भारतीय दूतावास स्रोतले जनाएको छ ।

विदेश मन्त्री भएलगतै नेपाल भ्रमणमा आउने कार्यक्रम थियो तर यहाँ तरकारीमा विषादी परीक्षण, आइफा अवार्ड र क्लिन फिड लगायतको विवाद चलिरहेको कारण कार्यक्रम रद्द गरेको थियो । भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल आएर फर्केपछि भारतका लागि नेपाली राजदूत निलम्बन आचार्यले विदेश मन्त्री जयशंकरलाई भेटेका थिए । राजदूत आचार्यले भेटेपछि विदेश मन्त्री जयशंकरको नेपाल आउने तय भएको थियो ।

‘बैठक नेपालको हितमा हुनुपर्छ’
काठमाडौँ(जस)–भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको बलियो सरकारसँग मिलेर नेपालको हितमा आर्थिक लाभ हुने गरी विभिन्न कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ । भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणको पूर्वसन्ध्यामा रिपोर्टर्स क्लबमा मंगलबार आयोजित साक्षात्कारमा विज्ञहरुले भारतसँग हुने उच्चस्तरीय छलफलमा नेपालको आर्थिक विकास, सीमा समस्या, परियोजना कार्यान्वनय तथा तराई डुबानमा केन्द्रित हुनुपर्ने सुझाव दिए ।
प्रमका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले बुधबार नै नेपाल–भारत संयुक्त आयोगको पाँचौँ बैठक बस्ने र त्यस बैठकमा ती दुई मुलुकबीच बहुपक्षीय सम्बन्ध, दुई देशबीचको निकटको सम्बन्ध, नेपालमा आर्थिक लगानी, भारतसँगको नेपालको व्यापार, सीमा, डुबान, सन् १९५० को सन्धिलगायत समग्र विषयमा उच्चस्तरीय छलफल हुने जानकारी दिए । डा भट्टराईले बितेका दिनमा नेपाल र भारतका नेताबीच सौहाद्र्र तथा विश्वासको वातावरण विकास हुँदै गइरहेको बताउँदै नेपालले भारतसँग संयुक्त राष्टसङ्घको वडापत्र तथा पञ्चशीलको सिद्धान्तको आधारमा वार्ता गर्ने बताए । अर्को प्रसङ्गमा डा भट्टराईले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र उन आफ्नो काममा निरन्तर खटिरहेको जानकारी दिँदै प्रधानमन्त्रीको स्वास्थ्य पुनःपरीक्षण गर्नुपर्ने चिकित्सकको सल्लाहअनुसार भदौ ५ गते सिङ्गापुर जान लागेको बताए ।
पूर्वराजदूत दुर्गेसमान सिंहले नेपाल भारतबीचको सम्बन्धले नयाँ गति लिएको बताउँदै भारतीय विदेशमन्त्रीको नेपाल भ्रमणबाट दुई दशकदेखि गतिहीन भएका परियोजनाले गति पाउने विश्वास व्यक्त गरे । उनले नेपाल–भारतबीच कुनै समस्या नभएको, व्यापार, पर्यटन, ट्रान्समिसन आदि क्षेत्रमा प्रगति भएको तथा नेपालमा विद्युत् भार कटौती अन्त्य भएको उल्लेख गरे । बुद्धिजीवी डा सुन्दरमणि दीक्षितले पाँच वर्षका लागि आएका भारतीय प्रम मोदीको सरकारबाट नेपालले भरपुर लाभ लिनुपर्ने बताए । उनले दशैँमा घर फर्किने बेला भारतीय भूमिमा नेपाली कामदार लुटिने गरेको र यस विषयमा भारतसँग छलफल गरी समस्या समाधान गर्नुपर्ने औंल्याए ।

प्रतिक्रिया
सम्बन्धित समाचार