शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

नेकपा सचिवालय बैठक आज बस्दै

मंगलबार, भाद्र ३ २०७६

काठमाडौं, ३ भदौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ ।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्न लागेको हो ।

बैठकमा पार्टीको पोलिट्ब्युरो कमिटि, विभिन्न आयोगहरु गठनमा रहँदै आएको विवाद टुंग्याउने विषयमा छलफल हुने जनाइएको छ । नेकपाले विभागसहित जनवर्गीय संगठन तथा प्रदेशका इन्चार्ज र सहइन्चार्जसहितका विषय भने टुंग्याएको छ ।

नेकपाले अझै केन्द्रीय सदस्यको कार्यविभाजन, जनवर्गीय संगठनका इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी दिन बाँकी छ । यस्तै सम्पर्क समन्वय कमिटि, विशेष प्रदेश कमिटि, प्रवास संगठनको पनि एकता प्रक्रिया पूरा हुन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार